पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धुलाबारी माबिमा स्काउटको क्याम्प फायर

image

क्याम्प फायरको उदघाटन गर्दै प्रमुख अतिथि निरौला लगायत अतिथि र स्काउटका बिद्यार्थीहरु ।

धुलाबारी, पुस २७ ।।
धुलाबारी माध्यमिक बिद्यालयको प्राङ्गणमा स्काउटको दुई दिवशीय क्याम्प हिजो शुरु भएको छ । युनाईटेड युथ ओपन स्काउट क्रियुको आयोजनामा शुरु भएको क्याम्पलाई युनाईटेड युुथ फन क्याम्प २०७४ नाम दिएको छ भने रमाईलोसंगै सिकाई अर्थात लर्न विथ फन क्याम्पको मुख्य थिम रहेको सिनियर टिम मेट प्रविण लामिछानेले जानकरी दिनु भयो । क्याम्पको पहिलो दिन रात्रीकालिन क्याम्प फायर कार्यक्रममा युनाईटेड युथ ओपन स्काउट क्रियुका अध्यक्ष महेन्द्र बिलाश लुईटेलको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि रेडियो सरगम धुलाबारीका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, बिषेश अतिथि देबी क्याम्पस बिर्तामोडका सहायक क्याम्पस प्रमुख लिलाप्रसाद भण्डारी, सगरमाथा आरोही स्काउटर अनिस लुईटेल सहित बिभिन्न ८ वटा बिद्यालयका बिद्यार्थी र स्काउट शिक्षकहरुको सहभागिता रहेको सिनियर टिम मेट सञ्जु न्यौपानेले बताउनु भयो ।


झापाका धुलाबारी माबि, कविशिरोमणी माबि, काकरभिट्टा मावि, लिटिल फ्लावर मावि बिर्तामोड, लिबर्टी एकाडेमी बिर्तामोड, सेन्ट जेभियर्स देवनिया, प्रसान्ती एकाडेमी गरामनी, त्यसैगरी झापा टिटिएल र झापा नेशनल गरी ८ वटा बिद्यालयका एक सय ९५ जना बिद्यार्थीहरुको क्याम्पमा सहभागिता रहेको रेञ्जर लिडर शिवानी देवानले बताउनु भयो । बुधबार रातभरि बिभिन्न कार्यक्रम सञ्चालन हुने क्याम्पमा छात्रका लागि धुलाबारी माबिको खेलमैदानमा ८ वटा टेन्ट राखिएको छ भने छात्राहरुका लागि धुलाबारी माविका ५ वटा कक्षा कोठामा बस्ने ब्यवस्था मिलाईएको रेञ्जर लिडर देवानले जानकारी दिनु भयो ।

आज समेत बिभिन्न कार्यक्रम गरि अपरान्ह समापन कार्यक्रम सहित क्याम्पको समापन गरिने आयोजक संस्था युनाईटेड युथ ओपन स्काउट क्रियुका अध्यक्ष तथा धुलाबारी माबिका प्रधानअध्यापक महेन्द्रबिलाश लुईटेलले जानकारी दिनु भयो ।

 

थप सामाग्री