पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बिश्वप्रकाश काँग्रेसको प्रबक्ता नियुक्त

image

बिश्वप्रकाश शर्मा

काठमाडौं, पुस २५ ।।
नेपाली काँग्रेसको प्रबक्तामा युवा नेता बिश्वप्रकाश शर्मा नियुक्त हुनु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता शर्मालाई आज पार्टी प्रवक्तामा नियुक्त गर्नु भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

पार्टीको १२औँ महाधिवेशनपछि रिक्त रहेको प्रवक्ता पदमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गर्नु भएको हो।
नेपाल बिद्यार्थी संघका पुर्व सभापति समेत रहनु भएका शर्माले झापा टाईम्ससंग कुराकानी गर्दै हामी बदलिन्छौं र काँग्रेसलाई बदल्छौं भन्ने आफ्नो अभियानलाई प्रबक्ता भए पछि अझ सशक्त बनाएर अगाडी बढ्ने बताउनु भयो । शर्माले पार्टी सभापति देउवाले छिट्टै केन्द्रीय समितिको बैठक बोलाउने र आगामी एजेण्डाका बारेमा बैठकमा छलफल हुने समेत झापा टाईम्सलाई बताउनु भयो ।

विश्वप्रकास शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा १ बाट माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीसँग पराजित हुनु भएको थियो ।

प्रखर वक्ता शर्मा ०४६ सालमा मेची बहुमुखी क्याम्पसका नेपाल विद्यार्थी संघ सभापति, संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बन्नु भएको थियो ।

थप सामाग्री