पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शिव कुँवर बचाउ अभियानद्वारा ११ लाख हस्तान्तरण

image

धुलाबारी । 
शिव कुँवर बचाउ अभियानले संकलन गरेको आर्थिक सहयोग आज मृगौला पीडित शिव कुँवरका बाबु कृष्ण कुँवरलाई हस्तान्तरण गरेको छ ।

आज धुलाबारी स्थित नेपाल बहुदेश्यिय सहकारी संस्थाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सो अभियानले संकलन गरेको ११ लाख रुपैयाँको भौचर पीडितका बाबुलाई हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेति, कार्यक्रमका सभापति एवम शिव कुँवर बचाउ अभियानका संयोजक प्रकाश खड्का लगायतले सो रकम हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेति, नेकपा एमालेका प्रदेश कमिटि सदस्य ज्ञाननाथ घिमिरे, सिताराम सामुदायिक विद्यालयका प्रधानध्यापक राजेश निरौला, हेल्पिङ ह्याण्ड्सका तारानिधि पौडेल लागायतको उपस्तिथि रहेको थियो ।

आज संकलित ११ लाख रुपैयाँ हस्तान्तरण गरिए पनि सहयोग संकलन गर्ने कार्य जारी नै रहने अभियानका संयोजक खड्काले बताउनुभएको छ ।

अझै पनि सहयोग गर्न इच्छुक व्यक्तीले एनआइसि एसिया बैंकको धुलाबारी शाखामा खोलिएको “सि ९८७६९०७०४५२४००१” नम्बरको खातामा सोझै पैसा जम्मा गर्न सक्ने उँहाले बताउनुभयो । कार्यक्रमको सञ्चालन अभियानका सदस्य विपि भट्टराईले गर्नुभएको थियो ।