पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

“दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४” आजबाट सुरु

image

धुलाबारी । 
आजबाट लेट्स इन्टरटेन्मेन्टको आयोजना तथा मण्डला थिएटर नेपालसँगको सहकार्यमा “दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४” सुरु भएको छ ।

आज इटहरीबाट सुरु भएको नाट्य यात्रा पौष ८ गते समापन हुने नाट्य कर्मी सोमनाथ खनालले बताउनुभयो । “दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४” अन्तर्गत मण्डला थिएटर नेपालको चर्चित नाटक “सरजमिन ” आज इटहरीमा मञ्चन गरिएको हो ।

यो नाटक क्रमश पुर्वका अन्य विभिन्न शहरहरुमा मञ्चन गर्ने कार्यक्रम रहेको लेट्स इन्टरटेन्मेन्टले जनाएको छ । जसअनुसार पौष २६ गते लेटाङ, पौष २७,२८ र २९ गते बेलबारी, पौष ३० र माघ १ गते धुलाबारी, माघ २ गते चुलाचुली, माघ ३ र ४ गते झोराहाट, माघ ५ गते रमाइलो हुँदै माघ ६, ७ र ८ गते बिराटनगरमा नाटक मञ्चन गरेर “दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४” समापन हुने छ ।

प्रवीण खतिवडाको निर्देशनमा तयार नाटक सरजमिनमा नेपाली रंगमञ्चका चर्चित कलाकारहरु बुद्धि तामाङ (हैट), बिजय बराल, बिकाश जोशी, उमेश तामाङ, सोम नाथ खनाल, रञ्जना ओली, बिनिता गुरुङ, संयोग गुरागाईँ लगायतको अभिनय रहने नाटकका कार्यशाला सहजकर्ता राजन खतिवडाले जानकारी दिनुभयो ।

नाटकको कार्यशाला सहजकर्ताको रुपमा नेपाली सिने जगतका चर्चित अभिनेता दयाहाङ राई र राजन खतिवडा रहनुभएको छ । “दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४” को स्थानीय आयोजकहरुमा परिवर्तन थिएटर काकडभिट्टा, कलालय इटहरी, चुलाचुली रंगमञ्च इलाम, रमाइलो युवा क्लव, झोराहाट नाट्य केन्द्र र आरोहण गुरुकल विराटनगर रहेका छन । 
 

थप सामाग्री