पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इटाभट्टामा ‘क्षेत्रीयस्तर कृषि तथा पर्यटन महोत्सव २०७४ ’ हुँदैै

image

इटाभट्टा , २३ पुस

  मेची कृषक वहुमुखी सहकारी संस्था लिमिटेडको आयोजनामा मेचीनगर नगरपालिका ७ इटाभट्टामा क्षेत्रीयस्तर कृषि तथा पर्यटन महोत्सव २०७४ हुने भएको छ ।

आइतबार संस्थाको कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव माघ पाँच गतेदेखि सात गतेसम्म हुने जानकारी गराइयो । परम्परागत कृषि प्रणालीलाई छाडेर आधुनीक कृषि प्रणालीलाई अपानाउँन र कृषिलाई व्यवसायिकरण गर्ने सघाउ पुग्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष दुर्गा प्रसाद सापकोटाले जानकारी दिएँ ।

 आयोजकका अनुसार महोत्सवमा ३० वटा स्टल रहने छन् । स्टलमा कृषि उपज , कृषि औजार , माटो परिक्षण , अर्गानिक मल आदिको प्रदशनी गरिने छ । ‘‘कृषिलाई व्यवसायिकरण गरेर जीवन निर्वाहमुखि बनाउनु नै महोत्सवको उद्देश्य हो,’’उपाध्यक्ष सापकोटाले भने–‘‘महोत्सवले अर्गानीक कृषि प्रणाली र माटो परिक्षणलाई पनि प्राथामिकता दिनेछ ।’’

नेपाल सरकार कृषि विकास मन्त्रालय कृषि विभाग , कृषि व्यवसाय प्रवद्धन तथा बजार विकास निर्देशनालय कृषि व्यवसाय प्रवद्धन कार्यक्रम हरिहरभवन ललितपूर को सहयोग रहने महोत्सवमा जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोग रहने संस्थाका सचिव हरि बुढाथोकीले जानकारी दिएँ ।

‘‘ अझै पनि झापाको खेती प्रणाली परम्परागत शैलीमा गरिन्छ , यसलाई जीवन निर्वाह मुखि बनाउँन सकिएको छैन,’’सचिव बुढाथोकीले भने–‘‘कसरी लागत कम गरेर उत्पादनमा वृद्धि गर्न सकिन्छ र विषादी न्यूनिकरण गर्दै अर्गानीक खेती प्रणालीलाई प्रोत्साहान गर्न महोत्सवले सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।’’

महोत्सवमा संस्थामा आवद्ध दुई सय भन्दा बढी कृषक तथा समुहले उत्पादन गरेको कृषि उपजलाई विशेष प्राथामिकता दिइने छ । यस्तै कृषि औजार र विशेष माटो परिक्षणलाई प्राथामिकता दिइएको छ ।

महोत्सव सफलतापूर्वक सम्पन्न गर्नकालागि सचिव हरि बुढाथोकीको नेतृत्वमा पाँच सदस्यीय महोत्स सञ्चालन समिति निर्माण गरिएको छ । यस्तै महोत्सवमा सांस्कृतिक कार्यक्रम र विभिन्न जातजातीको पहिँचान झल्किने कार्यक्रमहरु राखिएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा मेची नेत्रालय काकँरभिट्टाको सहयोगमा निशुल्क आँखा शिविर तथा जिल्ला रेडक्रसको प्राविधिक सहयोगमा ब्लड डोनेसनको कार्यक्रम समेत राखिएको छ । महोत्सलाई २० हजार मानिसले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ ।

‘‘हरेक क्षेत्रबाट किसान उपयोगि कार्यक्रम महोत्सवमा हुनेछन्,’’ उपाध्यक्ष सापकोटाले भने–‘‘एक पटक सवैलाई यो महोत्सवको अवलोकन गर्न आवहान गर्दछौँ ।’’ महोत्सव सम्पन्न गर्न पाँच लाख लागत लाग्ने आयोजकले जानकारी दिएको छ ।