पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विपन्न विद्यार्थीहरुलाई स्विटर वितरण

image

धुलाबारी , २३ पुस

यूवा व्यवसायि तथा मानव अधिकार तथा शान्ती समाज झापाका अध्यक्ष विवेक निरौलाले धुलाबारी माविका विपन्न समुदायका विद्यार्थीहरुलाई स्विटर वितरण गरेका छन् ।

कक्षा एक देखि पाँच सम्मका एक सय विद्यार्थीहरुलाई उनले आइतबार स्विटर वितरण गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्र विलास लुइटेलले जानकारी दिएका छन् ।
केही दिन यता झापामा शितलहर सँगै बढेको चिसोले विपन्न समुदायका विद्यार्थीलाई विद्यालय जान समस्या भएकाले उनले २७ हजार लागतमा एक सय थान स्विटर वितरण गरेका हुन् । निरौला सोहि विद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विक्रम नेम्वाङ्गको अध्यक्षतामा भएको स्विटर वितरण कार्यक्रममा मेचीनगर नगर कार्यपालीका सदस्य कृष्ण कनालको प्रमुख आतिथ्यता रहेको थियो । दाता निरौलाको विशेष आतिथ्यता रहेको कार्यक्रममा विद्यायलका प्रधानाध्यापक लुइटेलको उपस्थिती रहेको थियो ।

उपाधि शिक्षा सङ्काय कक्षा १२ को पोल्टामा

यसअघि आइतबार सम्पन्न भएको पहिलो कार्यक्रममा अन्तर विषय समुहको फुटवल फाइनल खेल सम्पन्न भएको थियो । फाइनलमा व्यवस्थापन संकाय कक्ष ११ लाई शुन्यका विरुद्ध पाँच गोलको फराकिलो अन्तरले पराजित गर्दै कक्षा १२ शिक्षा संकायले उपाधि हात पारेको छ ।

विजयी कक्षा १२ शिक्षा सङ्कायलाई मेचीनगर नगरपालिका १० नम्बर वडाका अध्यक्ष सुवेश कुमार पनेरु (सुदय)ले ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिएँ ।
विद्यालय व्यवस्थापन अध्यक्ष गणेश नेम्वाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष पनेरुको प्रमुख आतिथ्यता रहेको थियो । स्विटर वितरण कार्यक्रम र फुटवलको कार्यक्रम शिक्षकहरु मिलन प्रसाँई र रमेश दाहालले गरेका थिएँ ।

थप सामाग्री