पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

देवि माविको ५५ औं वार्षिकोत्सव सम्पन्न 

image

विर्तामोड , पुस १९ ।

देवि माध्यमिक विद्यालय विर्तामोडले ५५ औं वार्षिकोत्सव भव्य कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

प्रदेश सभा सदस्य नवनिर्वाचित सांसद एकराज कार्किले उद्घाटन गर्नु भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अम्बिका श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

सो अवसरमा विद्यालयबाट अनिवार्य अवकाश लिनु हुने शिक्षक कालिदास उप्रेती र स्वेच्छिक अवकास लिनु भएका शिक्षक मिना उप्रेती जोशीलाई बिदाइ गरियो । त्यस्तै शिक्षण सेवामा २५ वर्ष नाघेका ९ जना शिक्षकलाइ पदक र प्रमाण पत्र प्रदान गर्दै दिर्घ सेवा पदकबाट सम्मान गरियो । समानित हुनेहरुमा लेखनाथ भट्टराई, चिरन्जिवी श्रेष्ठ , पद्मा पाण्डे, मिरा थपलिया, धन बहादुर पोख्रेल, लिला खरेल, कल्पना पोख्रेल, विनिता खनाल, र होमनाथ पौडेल रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसार्इंको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरु जिल्ला समन्वय समिती सभापती सोमनाथ पोर्तेल, नगर प्रमुख ध्रुव कुमार शिवाकोटी, नगर उपप्रमुख पबित्रा महतारा, नेत्री कमला बिक , कृष्ण प्रसाद अदिकारी लगायतले शुभाकामना मन्तव्य राख्नु भएको थियो ।  बद्री प्रसाद भट्टराइको स्वागत मन्तव रहेको सो कार्यक्रमको सन्चालन लिला प्रसाद भण्डारीले गर्नु भएको थियो ।