पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

माओवादी केन्द्रले बोलायो बैठक

image

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकतालगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय बैठक आह्वान गरिएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरणको बहस चर्किएका बेला अध्यक्ष पुष्पकमल दाहालले बैठक आह्वान गर्नुभएको हो ।  

अध्यक्ष दाहालको निवास खुमलटारमा बस्ने बैठकमा सरकार गठनलगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।