पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ढाकामा अन्तराष्ट्रिय ब्यापार मेला शुरु

ज्ञानेन्द्र निरौला, ढाका, बंगलादेश

image

अन्तराष्टिय ब्यापारी मेलामा रहेको नेपाली स्टल ।

पुस १८ ।।
सोमबारदेखी बंगलादेशको राजधानी ढाकामा अन्तराष्ट्रिय ब्यापार मेला शुरु भएको छ । नेपाल बंगलादेश ब्यापार सुस्ताईरहेको बेला सरकारले समेत बिषेश चासो लिएको उक्त ब्यापार मेलामा सहभागि हुन नेपालबाट समेत ठुलो संख्यामा ब्यवशायीहरु ढाका आईपुगेका छन ।
नेपाल सहित २० भन्दा बढी मुलुकले आफ्ना उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने उद्धेश्यका साथ यो ब्यापार मेलामा सहभागिता जनाएका छन ।
यो ब्यापार मेला मार्फत नेपालकै हाराहारीको क्षेत्रफल भए पनि करीब १७ करोड जनसंख्या रहेको बंगलादेशमा मात्र पनि नेपाली उत्पादनलाई स्थापित गराउन सकियो भने नेपाल बंगलादेश ब्यापारले नयाँ उचाई लिने बंगलादेशका लागि नेपाली राजदुत डा चोपलाल भुषाल बताउनु हुन्छ ।
बंगलादेशले यो ब्यापार मेलामा केही नयाँ प्रस्तुत गर्न खोजेको र अन्य देशको ब्यापार तथा उत्पादन समेतलाई जानकारी पाउने गरि यो मेलाको आयोजना गरेको सौदर्य सामाग्रीका उत्पादक बंगलादेशी  ब्यवशायी तसिमुल हक रनिङ बताउनु हुन्छ ।
नेपालमा उत्पादन भएका त्यस्ता बस्तुहरु जुन नेपाली बजारमा अत्याधिक छन त्यस्ता बस्तुहरु बंगलादेशीहरुलाई अत्यन्तै आवश्यक छन र नेपालले निर्यात गर्न सक्ने ठुलो सभ्भावना हुँदाहुँदै पनि सरकारी पहल कम भईरहेकै कारण नेपाल बंगलादेश ब्यापारले गति लिन नसकेको ब्यापार मेलामा नेपाली ब्यवशायीहरुको नेतृत्व गर्दै ढाका आईपुग्नु भएका बंगलादेशसंगको ब्यापार प्रबर्धनमा लाग्नु भएका झापा धुलाबारीका पुराना ब्यवशायी तथा नेपाल बंगलादेश चेम्बर अफ टे«डर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन गुनासो गर्नु हुन्छ ।
ढाकाको शेरे बंगला मैदानमा आयोजना गरिएको ब्यापार मेला एक महिना सम्म चल्ने तथा दैनिक कम्तिमा एक लाख मानिसले अवलोकन गर्ने र खरबौंको कारोबार हुने अनुमान गरिएको छ ।
फोटो फिचर