पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेचीनगर स्तरीय कविता वाचन प्रतियोगितामा होराइजनका सिटौला प्रथम

image

ज्यामिरगढी । 
मेचीनगर स्तरीय कविता बाचन प्रतियोगितामा इष्ट होराईजन अंग्रेजी विद्यालय प्रथम भएको छ । झापा मेचीनगर १५ स्थित ज्यामिरगढी माविमा आज सम्पन्न प्रतियोगतामा इष्ट होराइजन अंग्रेजी माविका छात्रा रचना सिटौला प्रथम भएकी हुन ।

त्यसैगरी द्वितिय सरस्वती माविका पुर्णिका अधिकारी र तृतिय धुवाबारी माविका निर्मल तामाङ भए । त्यसैगरी सान्तवना पुरस्कार भने ज्यामिरगढी माविका शान्तिराम ढुङ्गानाले प्राप्त गरेका विद्यालयका प्रधानध्यापक शन्तप्रसाद चौँलागाईले जानकारी दिनुभयो ।

जागृति वाल क्लव ज्यामिरगढीका अध्यक्ष प्रयास ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य काकडभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ती लोक बहादुर दाहालले गर्नुभएको थियो ।

कार्यक्रmमा स्रोत व्यक्ती दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद गौतम,काकडभिट्टा माविक शिक्षक अमर परियार लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ज्यामिरगढी बाल सञ्जालका अध्यक्ष शान्तिरम ढुङ्गानाको स्वागत मन्तव्य रहेको थियो ।  
 

थप सामाग्री