पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली टोलीलाई पञ्चगढमा भब्य स्वागत

image

सिमावर्ती बंगलादेशी शहर पञ्चगढमा नेपाली टोली ।

पञ्चगढ, बंगलादेश, पुस १६ ।।
बंगलादेशको राजधानी ढाकामा आयोजना हुन गईरहेको अन्तराष्ट्रिय ब्यापार महोत्सवमा सहभागी हुन नेपालबाट आएको प्रतिनिधि मण्डललाई सिमावर्ती बंगलादेशी शहर पञ्चगढमा भब्य स्वागत गरिएको छ । प्रेस क्लब पञ्चगढको आयोजनामा नेपाली टोलीलाई आईतबार साँझ एक कार्यक्रमका बीच भब्य स्वागत गरिएको हो ।
नेपाली टोलीलाई स्वागत सहित प्रेस क्लब पञ्चगढको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल र बंगलादेश बिचको ब्यापार र मिडिया बिचको दुई देशीय सम्बन्ध बिस्तारका बारेमा छलफल भएको थियो ।
प्रेस क्लब पञ्चगढका अध्यक्ष रहमान मुकुलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल बंगलादेश चेम्बर अफ टे«डर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले दुई देशीय ब्यापारमा नागरिक र मिडिया तहको समेत सकारात्मक सहयोग हुनु पर्ने बताउनु भयो ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष ज्ञानेन्द्र निरौला र प्रेस क्लब पञ्चगढका अध्यक्ष रहमान मुकुलको बिशेष मन्तब्य रहेको उक्त कार्यक्रमका बिच दुई प्रेस क्लब बिच भगिनी सम्बन्ध स्थापना गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने सहमति भएको थियो ।
सोमबारदेखी राजधानी ढाका स्थीत शेरे बंगलामा आयोजना हुने अन्तराष्ट्रिय ब्यापार महोत्सबमा सहभागि हुन पहिलो नेपाली टोलीमा ३ पत्रकार सहित १० जनाको टोली बंगलादेश आईपुगेको छ । नेपाली टोलीमा नेपाल बंगलादेश चम्बर अफ टेड्रर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष ध्रुव कनाल, वाणिज्य संघका पुर्व उपाध्यक्ष अजय घिमिरे, मणि थुक्पा उद्योग अर्जुनधाराका प्रोपाईटर रुद्रमणि श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गोपाल गुप्ता, ब्यवशायी बालकृष्ण उप्रेती, चन्द्रबहादुर राई तथा पत्रकारहरु लोकतन्त्र पोष्ट दैनिकका सम्पादक मोहन काजी, प्रेस क्लब मेचीनगरका अध्यक्ष तथा रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला र कान्तिपुर दैनिकका समाचारदाता पर्वत पोर्तेलको सहभागिता रहेको छ । नेपाली टोली सोमबार बिहान ढाका पुग्ने टोलीको नेतृत्व गरिरहनु भएका पन्नालाल जैनले बताउनु भयो ।