पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सगुन समाजको अध्यक्षमा भक्त सिवा

image

धुलाबारी । 
भक्त सिवाको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति चयन गर्दै सगुन समाज सेवा केन्द्र मेचीनगरको तेस्रो अधिवेसन हिजो सम्पन्न भएको छ । मेचीनगर ७ स्थित संस्थाको कार्यालयमा समपन्न अधिवेसनले सर्वसम्मत नया कार्यसमिति चयन गरेको हो । 
नया कार्यसमितिको उपाध्यक्ष मन माया दर्नाल, सचिव अनिल महरा र कोषाध्यक्षमा प्रेमकला दर्जी रहेका छन । संस्थाको सहसचिव भने नया कार्यसमितिको बस्ने पहिलो बैठकले मनोनित गर्ने बताइएको छ । 

मेचीनगर नगरपालिका ७ का वडाअध्यक्ष चन्दन मेचेको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा जनप्रतिनिधि तथा संस्थालाई सहयोग पु¥याउने बिभिन्न व्यक्तीहरुलाई सम्मान पनि गरिएको छ । यसरी सम्मानित हुनेहरुमा वडा अध्यक्ष मेचे, शान्ता दर्नाल, युवराज आचार्य, मनमाया दर्नाल लगायतका रहेका छन । 

कार्यक्रममा दलित उत्थान उत्पीडित समन्वय समिति मेचीनगर अधयक्ष ध्रुव कनाल, मुक्ति समाज झापाका लाल बहादुर चाहार, संस्थाका सल्लाहकार कृष्ण त्रिखत्री लगायतले मन्तव्य राखेका थिए । 

समाजका अध्यक्ष मसिनो लावरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भक्त सिवाले गर्नुभएको थियो । 
 

थप सामाग्री