पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खुट्टिडाँगी वन अध्यक्षमा पुनः नेपाल 

image

मेचीनगर नगरपालिका ९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा टंक नेपाल पुनः निर्वाचित हुनुभएको छ । 

काँग्रेस र वाम गठबन्धन बिच चुनावी प्रतिष्पर्धा भएको हिजो सम्पन्न निर्वाचनमा काँग्रेसका नेपालले वाम गठबन्धनका अध्यक्षका उम्मेदवार रेणुका डाँगीलाई पराजीत गर्नुभयो । यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेस समुहका खुमा नाथ खनाल निर्वाचित हुनुभएको छ । खनालले वाम गठबन्धनका गणेश भट्टराईलाई पराजीत गर्नुभयो । 


समुहको सचिवमा भने वाम गठबन्धनले बाजी मारेको छ । सचिवमा वाम गठबन्धनका इन्दिरा नेपालले काँग्रेसका सिता पोख्रेललाई पराजीत गर्नु भयो । त्यसैगरी सहसचिवमा काँग्रेसका गणेश कार्की निर्वाचित हुनुभएको छ । कार्कीले वाम गठबन्धनका पूरन राईलाई पराजीत गर्नु भयो । कोषाध्यक्षमा काँग्रेसका लिला गौतम विजयी हुनुभएको छ । गौतमले गठबन्धनका भद्रिका दाहाललाई पराजीत गर्नुभयो । 


पाँच जना कार्यसमिति सदस्यमा तीन जना गठबन्धन र दुई जना काँग्रेसबाट निर्वाचित भएका छन् । तीन सय विस जना मतदाता रहेको उक्त उपभोक्ता समुहमा हिजो सम्पन्न निर्वाचनमा तीन सय छ जनाले मतदान गरेको निर्वाचन समिति संयोजक कृष्ण बन्जाराले जानकारी दिनु भयो । 
 

थप सामाग्री