पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इपिएलको उपाधि विराटनगरलाई, भैरहवा १ रनले पराजित

image

एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले हरायो ।भैरहवालाई जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको भए पनि अनिल साहले ४ बलमा ३ विकेट लिँदै विराटनगरलाई जिताए ।

भैरहवाका लागि कप्तान शरद भेषावकर विष्फोटक व्याटिङ गर्दै ५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । ३९ बलमा उनले ४ चौका र ४ छक्का हाने । प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रन बनाए । तर पुछारका ब्याट्सम्यान चल्न नसक्दा भैरहवा पराजित भयो । 

यसअघि कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो । विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान पारस खड्काले २७, अनिल साहले २२ र प्रनित थापा मगरले १६ रन बनाए । 

बाबर हायत ११, आशिफ शेख ७ रनमा आउट भए  भने करण केशी ९ र वसन्त रेग्मी ३ रनमा नटआउट रहे । भैरहवाका लागि कृष्ण कार्की र हरिशंकर साहले समान २ तथा शरद भेषावकर र आरिफ शेखले समान १ विकेट लिए ।

थप सामाग्री