पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मिर्गौला पीडित कुवँरलाई सहयोग जुट्दै

image

कुवरका बुवालाई सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष काफ्ले ।

मेचीनगर, पुस १३ ।।

साकोसले सोही कार्यक्रममा दुवै मिर्गौला ड्यामेज भएका शिव कुवरलाई उपचार सहयोगका लागि १२ हजार रुपैयाँ प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष कमल काफ्लेले शिव बचाऊ अभियानका सदस्य वीपी भट्टराईलाई सो रकम हस्तान्तरण गर्नु भएको थियो । संस्थाको ११ हजार रुपैयाँ र सचिव कर्ण गौतमले दिएको १ हजार रुपैयाँ गरी १२ हजार रुपैयाँ प्रदान गरिएको मेचीनगर साकोसका अध्यक्ष कमल काफ्लेले जानकारी दिनु भयो ।

यसैबीच, शिव कुवरलाई बचाउन सहयोगीहरुले हात अघि बढाउने व्रmम जारी छ । कुवँरको उपचारका लागि सिताराम सामुदायिकले १ लाख ३३ हजार ३२० रुपैयाँ सहयोग गरेको विपी भट्टराईले बताउनु भयो ।

त्यस्तै, रुद्र पौडेलले ५ हजार, जेसीका अप्टिकलले १५ हजार, कुवर कुल वंशबाट ५५ हजार ५५५ र मणि खतिवडामार्फत ३ हजार ५ रुपैयाँ प्राप्त भएको भट्टराईले बताउनु भयो । शिवको अहिले काठमाडौँमा उपचार भइरहेको छ ।

थप सामाग्री