पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बंगलादेशको जनसंख्या नेपालका लागि ठुलो बजार हो : मोबुबुल

image

धुलाबारीमा नेपाल तेरापन्थ समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मोबुबुल

धुलाबारी, पुस ११ ।।
बंगलादेश दुताबास काठमाण्डौका प्रथम सचीब मोहम्मद मोबुबुलले बंगलादेशको जनसंख्यालाई नेपाली उत्पादनका लागि बजारको रुपमा प्रयोग गर्न नेपाली ब्यवशायीहरुलाई आव्हान गर्नु भएको छ । बंगलादेशमा हुन गईरहेको अन्तराष्ट्रिय ब्यापार मेलाको प्रबर्धनका लागि झापा आउनु भएका मोबुबुलले नेपालको पुर्वी सिमानाबाट नजिकको दुरीमा रहेकाले पनि यस क्षेत्रबाट नेपाल बंगलादेश ब्यापार सहज हुने बताउनु भयो ।
मोबुबुलका अनुसार बंगलादेशले अहिले अन्तराष्ट्रिय ब्यापारमा आक्रामक रणनिति लिएका कारण पनि नेपालसंगको ब्यापारमा बृद्धि गर्न सरकार ईच्छुक रहेको बताउनु भयो । धुलाबारीमा नेपाल तेरापन्थ समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मोबुबुलले नेपालको समान जस्तै भुगोल भए पनि बंगलादेशमा जनसंख्या नेपालको तुलनामा अत्याधिक रहेकाले त्यो जनसंख्या नेपाली उत्पादनका लागि राम्रो बजार भएको बताउनु भयो । नेपालका उत्पादनहरु पश्मिना, फलफुल, कृषि उपज, जडिबुटी लगायतको बंगलादेशमा बढी माग भएको मोबुबुलले बताउनु भयो । १६ करोड बढी जनसंख्या रहेको बंलगादेशको राजधानी शहर ढाकामा मात्र ३ करोड जनसंख्या रहेकाले पनि नेपाली उत्पादनका लागि बंगलादेश उपयुक्त बजार भएको मोबुबुलले बताउनु भयो ।
बंगलादेशका ईलेक्ट्रोनिक सामान, मोटरसाईकल, फर्निचर, जुस जस्ता उत्पादनको नेपालमा राम्रो बजार रहेको समेत मोबुबुलले बताउनु भयो । सन २०४१ सम्ममा आफुलाई बिकसीत देशको सुचीमा सुचीकृत गराउने प्रयासमा रहेको बंगलादेश र नेपालको सरकार र नागरिक तहको सम्बन्ध समेत राम्रो भएकाले ब्यापारमा सहज हुने वहाँले बताउनु भयो ।
हरेक बर्ष एक हजार भन्दा बढी नेपाली बिद्यार्थी बंगलादेशमा अध्ययनका लागि जाने गरेको र ती मध्ये अधिकाशं मेडिकल क्षेत्रको अध्ययनका लागि जाने समेत मोबुबुलले जानकारी दिनु भयो । नेपाल बंगलादेश ब्यापारका लागि बंगलादेशका तर्फबाट १०८ वटा नेपाली बस्तुका लागि र नेपाल सरकारले ५६ वटा बंगलादेशी बस्तुका लागि भन्सार शुल्क मिनाहा गर्ने गरि सम्झौता भएको छ । बंगलादेशको ढाकामा जनवरी १ तारिक देखी एक महिनाका लागि अन्तराष्ट्रिय ब्यापार मेला आयोजना गरिएको छ ।

 

थप सामाग्री