पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अफगानिस्तानको काबुलमा आत्मघाती बिस्फोट, १० जनाको मृत्यु


अफगानिस्तानको काबुलमा आत्मघाती बिस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । काबुलस्थित एक गुप्तचर निकायको कार्यालय परिसरमा गराइएको विस्फोटमा तीन जना घाइते भएका छन् । पैदलै हिँडेर आएका अज्ञात ब्यक्तिले गुप्तचर निकायका कर्मचारीलाई लक्षित गरी आत्मघाती बिस्फोट गराएको अधिकारीहरुले बताएका छन् । अफगानिस्तानमा अघिल्लो महिना भएको तालिवानी आक्रमणमा दुई सय भन्दा बढी मारिएका थिए । गत मे मा मात्रै कुटनीतिक नियोगका कर्मचारीको आवासमा गराइएको बिस्फोटमा १ सय ५० जना मारिएका थिए ।

 

थप सामाग्री