पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति

चितवन, पुष ७ ।।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको बताउनुभएको छ ।  चितवन क्षेत्र नः ३ बाट निर्वाचित भएपछि पहिलोपटक चितवन पुग्नुभएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै पार्टी एकता गर्न कुनै अप्ठ्यारो नभएको बताउनुभयो  । पार्टी एकता संयोजन समितिको बैठक केहीदिनमा नै राखेर थप अघि बढ्ने उहाँले बताउनुभयो  । राष्ट्रियसभा र सरकार गठनबारे पाँच दलमा गम्भीर छलफल भएको तर, सहमति नजुटेको उहाँको भनाई छ ।  निर्वाचन आयोगले पनि तयारी गर्दै गरेको कारणले सरकार गठनका लागि कुुनै समस्या नरहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।