पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धारागोला महोत्सब शुरु

image

महोत्सव उद्घाटन गर्दै आयोजक र अतिथिहरु ।

शान्तिनगर, पुष ८ ।।

झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं. ७ धारागोलामा आजबाट ५ दिने धारागोला भ्यु–टावर कृषि तथा पर्यटन महोत्सब शुरु भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि वडा नम्बर–७ का वडाध्यक्ष तथा प्रमुख अतिथी मात्रिका प्रसाद पौडेलले बेलुन उठाएर महोत्सबको उद्घाटन गर्नु भयो । महोत्सब आयोजक समितिका अध्यक्ष चक्र शेर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–४ का वडाध्यक्ष बुद्धिमान जबेगुको बिशेष आतिथ्य रहेको थियो ।

दृष्यावलोकनको लागि यहाँ करिब एक करोडको लागतमा भ्यु–टावर बनिरहेको छ । सोही भ्यु–टावरलाई पूर्णता दिन सम्बन्धित निकायको ध्यान केन्द्रित गराउन बिगत ३ बर्षदेखि महोत्सबको आयोजना गरिदै आएको छ ।

कार्यक्रममा बिशेष अतिथी जबेगु, राष्ट्रिय बिजय माबीका प्रधानाध्यापक रामप्रसाद तिम्सीना, साहित्कार तथा समालोचक मुनाराज शेर्मा, शान्ति आदर्श माबीका शिक्षक सोमनाथ पौडेल, प्रमुख अतिथी पौडेल लगायतले महोत्सवमा शुभकामना ब्यक्त गर्दै यस क्षेत्रको पर्यटन बिकासमा स्थानीय तहले मात्रै पुर्वाधार निर्माण गर्न सभ्भव नभएकाले राज्यको उपल्लो तहले बिषेश चासो राख्न समेत आग्रह गरेका थिए ।

महोत्सब आयोजक समितिका उपाध्यक्ष नीरकुमार सुबेदीले स्वागत तथा महोत्सब आयोजक समितिका अध्यक्ष शेर्माले कार्यक्रमको औचित्यमाथी प्रकास पार्नु भएको थियो । कार्यक्रमको संचालन प्रचार÷प्रसार समितका संयोजक दिपेन लावतीले गर्नु भएको थियो । महोत्सब पौष ११ गते सम्म संचालन हुनेछ । महोत्सबमा दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती रहने छ । यसका साथै कृषि प्रदर्शनी र साहित्यीक कार्यक्रमको आयोजना समेत गरिएको आयोजकले जनाएको छ । ५ लाख खर्च हुने महोत्सबमा करिब २ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने आयोजकले लक्ष्य लिएको छ ।