पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मायाको चिनो “अर्ग्यानिक काउली”

image

पत्रकारलाई मायाको चिनोको रुपमा काउली दिंदै फार्मका सञ्चालकहरु ।

धुलाबारी, मंसिर ६ ।
झापा मेचीनगर–९ लिलाबस्तीको अग्र्यानिक कृषी फार्ममा बिहिबार स्थानीय किसानहरुको ठुलो भिड लागेको थियो । फोयडिटा कृषी फार्मले अग्र्यानिक खेती शुरु गरेसंगै दैनिक जसो विभिन्न स्थानबाट किसान समुहहरु भ्रमणमा आउने गरेका छन । बिहिबार पनि मेचीनगर वडा नं. १० र १५ का स्थानीय किसानहरु अग्र्यानिक खेति हेर्न त्यहाँ पुगेका थिए । अग्र्यानिक खेतिको रिपोटिंङका लागि बिहिबार बिहान त्यहाँ पुगेका पत्रकारहरुलाई भने मायाको चिनोको रुपमा आफ्नै उत्पादन अग्र्यानिक फुलकोपी (काउली) दिएका थिए । लोकतन्त्र पोष्ट दैनिकका सम्पादक मोहन काजी, रेडियो सरगमका प्रबन्ध निर्देशक तथा झापा टाईम्स डट कमका सम्पादक ज्ञानेन्द्र निरौला, कान्तिपुर दैनिकका पर्वत पोर्तेल र राष्ट्रिय समाचार समितिकी अम्बिका भण्डारी रिपोटिङका लागि बिहिबार बिहान त्यहाँ पुगेका थिए । समाचार संकलन पछि हिड्ने बेलामा पत्रकारहरुलाई कृषि फार्मका सञ्चालकहरु रामहरी नेपाल, तेजबहादुर आचार्य, ईन्दीरा कार्की लगायतले मायाको चिनोको रुपमा काउली उपहार दिनु भएको थियो ।
१२ बिघा जमिनमा अग्र्यानिक खेति गर्ने लक्ष्य सहित शुरु गरिएको उक्त खेतिमा अहिले २ बिघा बढी जमिनमा फुलकोपी(काउली), बन्दाकोपी र आलु मात्रै लगाईएको छ भने केही ठाउँमा रायोको साग समेत लगार्र्ईएको उक्त कृषि फर्मका सञ्चालक तेजबहादुर आचार्यले जानकारी दिनु भयो । सप्तश्री प्राविधिक बिद्यालय बिर्तामोडमा कृषि जेटिए अध्ययनरत बिद्यार्थीहरुले प्रयोगात्मक सिकाईकालागि उक्त कृषि फार्ममा काम गरिरहेका थिए । बिद्यार्थीहरुले तरकारी खेतीका लागि बेर्ना राख्ने देखी उत्पादन भएसम्मको समय ६ महिना सम्म त्यही फार्ममा काम गर्ने गरेको फार्ममा भेटिएका बिद्यार्थीहरुले बताएका थिए ।

 

थप सामाग्री