पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापामा मतदान शान्तिपुर्ण (फोटो फिचर सहित)

image

झापा, मंसिर २१ ।।
दोस्रो चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि झापाका शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । आज भएको मतदानका लागि झापाका मतदाता उत्साहित देखिएका छन् । विहान ६ वजेदेखि मतदानका लागि उनीहरु लामवद्ध भएका थिए ।
५ वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा ५ लाख ८५ हजार २ सय २८ मतदाता रहेको झापामा नेपाली काग्रेस र बाम गठबन्धन कै उम्मेद्वारहरु बिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।  
आज भएको मतदानमा काँग्रेस नेता तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद सिटौलाले भद्रपुर नगरपालिका वडा नं. १० को कलबलगुडीमा रहेको मतदान केन्द्रमा बिहान ८ बजे मतदान गर्नु भयो भने काँग्रेस केन्द्रीय सदस्य झापा १ का प्रतिनिधि सभा उम्मेद्वार बिश्वप्रकाश शर्माले मेचीनगर वडा नं. ९ स्थीत कविशिरोमणी माबिमा रहेको मतदान केन्द्रबाट बिहान ८ः१५ मा मतदान गर्नु भयो । झापा ५ का उम्मेद्वार तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्नु भएको एमाले स्रोतले जनाएको छ । त्यस्तै माओबादी नेता तथा झापा १ बाट बाम गठबन्धनका उम्मेद्वार सुरेन्द्रकुमार कार्कीले मतदान गर्नु भएन । काठमाण्डौमा मतदाता नामवली रहनु भएका कार्की झापा १ मा नै रहेकाले वहाँले मतदानमा सहभागि हुन पाउनु भएन । त्यस्तै झापा ३ बाट बाम गठबन्धनको समर्थनमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले हल्दीबारीबाट मतदान गर्नु भएको छ ।
फोटो फिचर ।

 

थप सामाग्री