पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आज मतदान, भोट हाल्न उत्साहित छन मतदाता

image

झापा, मंसिर २१ ।।

दोस्रो चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लगि आज मतदान हुँदैछ ।  ४५ जिल्लाका १२८ वटा प्रतिनिधि सभा र २५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आज बिहान ७ बजेदेखी बेलुका ५ बजेसम्म हुने मतदानका लागि १ करोड २२ लाख ३५ हजार ९ सय ९३ जना मतदाता रहेका छन ।
 १४ वटा जिल्ला रहेको प्रदेश नंं १ अन्तर्गतका उच्च पहाडी र हिमाली गरी ७ वटा जिल्लामा पहिलो चरण मंसीर १० गते मतदान सम्पन्न भईसकेको छ भने आज मंसीर २१ गते पहाडी र तराईका ७ वटा जिल्लामा निर्वाचन हुँदैछ । २८ वटा प्रतिनिधि सभा र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा २९ लाख ९३ हजार ७२० जना मतदाता रहेका छन । मोरङ जिल्लामा सबैभन्दा बढी र तेह्रथुम जिल्लामा सबैभन्दा कम मतदाता रहेका छन ।
झापामा ५ वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा ५ लाख ८५ हजार २ सय २८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
निर्वाचनलाई मध्य नजर गर्दै नेपाल भारत सिमा नाका समेत हिजो देखी बन्द गरिएको छ । त्यस्तै निर्वाचन सुरक्षाका लागि प्रदेश नंं १ मा नेपाल प्रहरी र म्यादी प्रहरी गरी ३० हजार बढी सुरक्षा कर्मी परिचालन गरिने प्रदेश नं. १ प्रहरी प्रमुखको कार्यालयले जानकारी दिएको छ । एउटा मतदानस्थलमा कम्तिमा २० देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने योजना छ । त्यसमा प्रहरीकै मोबाइल टोली, सशस्त्रको टोली र नेपाली सेनाको संयुक्त टोली समेत परिचालन गरिनेछ ।
प्रदेश नंं १ मा भोली हुने निर्वाचनमा हेबीवेट उम्मेद्वारहरुले प्रतिस्पर्धा गदै छन । यस प्रदेशमा २ जना पुर्व प्र्रधानमन्त्रीहरुले भोली आफ्नो भाग्य परिक्षण गर्दैछन । जसमा झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली र ईलाम १ बाट एमाले नेता झलनाथ खनाल हुनुहुन्छ । त्यस्तै ईलाम २ बाट पुर्व सभामुख तथा एमाले नेता सुवासचन्द नेम्बाङ, झापा ३ बाट काँग्रेस नेता तथा पुर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, मोरङ ३ बाट शेखर कोईराला, झापा १ बाट बिश्वप्रकाश शर्मा चुनावी मैदानमा हुनुहुन्छ भने झापा १ बाट माओबादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की, संघीय समाजबादी फोरम नेपालका बरिष्ठ नेता अशोक राई लगायत पनि यसै प्रदेशबाट चुनावी भिड्न्तमा हुनुहुन्छ ।

थप सामाग्री