पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्वर सम्राटको सम्झना

दमक, मंसिर १९ ।।

स्वर सम्राट नारायण गोपालको आज २७ औं स्मृति दिवस दमक ५ मा रहेको काव्या रेकर्डस्ले सांगितिक कार्यक्रम सहित मनाएको छ । रेकर्डिङ स्टुडियो र संगित बिद्यालय रहेको काव्या रेकर्डस्मा संगित साधक तथा संगित पारखिहरुले नारायण गोपालका गित गाएर स्वर सम्राटलाई सम्झिएका हुन् । काव्या रेकर्डस्का सञ्चालक तथा संगित सम्योजक अशोक थापाले संगितका बिद्यार्थि र अन्य संगित साधकहरुले नारायण गोपालका करि डेड दर्जन जति गित गाएर वहाँको स्मृति दिवस मनाएको बताउनु भयो । नेपाली संगित साधकहरुका लागि नारायण गोपाल भगवान सरह रहेको भन्दै संगितकार समेत रहनु भएका थापाले नेपाली संगितका शिखर पुरुषलाई वहाँकै गित गाएर संझिएको बताउनु भयो ।

काव्या रेकर्डस्ले आयोजना गरेको स्मृति कार्यक्रममा थापा सहित गायक तथा संगितकार डिगबहादुर धिमाल, गायक अशोक श्रेष्ठ, कमल लिम्बु लगायतले नारायण गोपालका करिब डेढ दर्जन गित गाएका काव्या रेकर्डस्का सञ्चालक गिरिराज भट्टराईले जानकारी दिनुभयो ।

वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाउनु भएको छ ।

 

थप सामाग्री