पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सदरमुकाम भएर पनि सधै उपेक्षीत छ चन्द्रगढी

राधा खनाल

image

लेखक राधा खनाल

बषौं देखि अनेकौ सम्भावना बोकेर बसेको झापाको सदरमुकाम चन्द्रगढी योजना र भिजन हुनेको लागि एउटा पर्यटकीय क्षेत्र हो । आपनो मुद्धा केलाइदिने स्थाई प्रतिनिधि पाउन नसकेकै कारण आज सम्म पनि यो अवस्थामा छ । मैले उठाउन खोजेको झापा क्षेत्र नं. १ मा परेका भद्रपुर नगरपालिकाका २ वटा वडाको बिषय हुन् । भद्रपुर नगरपालिका भित्र पर्ने यी दुई वटा वडा उम्मेदवारका मुद्धामा त पर्छन तर तर तिनै उम्मेदवारबाट पटकपटक ठगीएका पनि हुन्, भन्दा पनि यो ठाँउ प्रति अन्याय नहोला । कहिले विर्तामोड तिर हुतयाईने यो ठाँउ कहिले बनियानीसँग पनि मिसाउने गरिन्छ । यस पटक भने धुलाबारी अर्थात क्षेत्र नं. १ मा पूर्याइएको छ । अझै भन्नु पर्दा जून क्षेत्र मा यी वडा मिसिन पुग्छन् ति क्षेत्रका लागि निर्णायक मत दिने हात यहि क्षेत्रका जनताको हुन्छ ।
चन्द्रगढीका यी क्षेत्रका जनताको मत पाउनको लागि यो ठाउँको समस्यालाई आत्मसाथ सहित सहि पहिचान गर्नेको खाँचो छ । प्रसस्त पर्यटकिय संभावना बोकेको चन्द्रगढीको पहिचान स्थापित गर्न आतुर भएर लडिरहेको चन्द्रगढलाई चिन्न सक्नुपर्छ । यहि क्षेत्रमा रहेको हवाईमार्गलाई रातिको समयमा समेत सञ्चालन गर्न सक्ने सामथ्र्य भएको हुनूपर्छ । यो क्षेत्रलाई जोड्ने चार वटै धुलाम्य मूख्य सडकहरुलाई बुझन सक्नुपर्छ । बिगत दुई बर्षदेखि रहेको जंगली हात्तीको समस्यालाइ सुल्झाउन सक्ने क्षमताको उम्मेदवारलाई यो क्षेत्रका जनताले खोजेका छन् ।
हिजोआज प्रसस्त चर्चाको बिषय रहेको पाउना उम्मेदवारबाट यी वडा पटक पटक पिल्सदै, हेपिदै र लत्याईदै आइएका छन् । यसपटक भने यस क्षेत्रका जनताले आशाको त्यान्द्रो देखेका छन् । पाउना मात्र नभई केही यस्ता उमेद्वार पनि छन् । जो यहाँको गल्ली गल्ली सँग चिरपरिचित छन् । जो मर्दा मलामी र जिउँदाको जन्ति, अर्थात सुख दुखमा साथ दिन सक्छन् । जो जित्दा मात्र हैन हार्दा समेत जनताको आबश्यक्ता बुझेर अहोरात्र खटीन सक्छ ।  जो सँग भिजन छ । जसलाई यो चन्द्रगढीको उपनिबेश प्रति चिन्ता छ ।
अब यहाँका जनताले बुझनुपर्ने कुरा आफ्नो मतको सहि सदुपयोग गर्ने बेला यहि हो । यदि अब पनि हामी कोही कसैको बहकाउमा लागेर आफ्नो मत गलत व्यक्तिको पोल्टामा हालिदियौँ भने अबको २० बर्ष सम्म पनि चन्द्रगढीको मुहार फेरिने वाला छैन ।

थप सामाग्री