पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मनाङलाई पराजित गर्दै आर्मीले काकडभिट्टा गोल्डकपको उपाधि उचाल्यो

image

१५ मंसिर । 
मनाङ मस्र्याङ्दीलाई ३–२ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लवले तेस्रो मेची नेत्रालय काकडभिट्टा गोल्डकपको उपाधि जितेको छ । आज सम्पन्न फाइनल खेलको निर्धारित ९ं० मिनेटको समय गोल रहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । 

उपाधिसंगै आर्मीले नगद आठ लाख एक हजार नगद पुरस्कार तथा ट्रपी प्राप्त गरेको छ भने मनाङले चार लाख एक हजार नगद पुरस्कार तथा उपविजेताको ट्रपीमा चित्त बुझाउनु परेको छ । 

टाइब्रेकरमा आर्मीका लागि सन्तोष तामाङ, नवयुग श्रेष्ठ, र विवेक बस्नेतले हानेको प्रहार गोलमा परिणत भएको थियो भने मनाङका बिमल बस्नेत र हेमन गुरुङले हानेको गोलले जाली चुमेको थियो । 

शुक्रबारको खेलको म्यान अफ द म्याच आर्मीका विकास खवास घोषित भए । उनले नगद दस हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी राइजिङ प्लेयरको उपाधि काँकरभिट्टा फुटबल क्लबका भूषण राई घोषित भए । उनले नगर बीस हजार प्राप्त गरे । उत्कृष्ट गोल रक्षकको उपाधि आर्मीका विकेश कुथु घोषित भए । उनले पनि बीस हजार नगद पुरस्कार हात पारे । 

प्रतियोगितामा सबभन्दा बढी गोल गर्ने आर्मीका दिनेश हेनजनले २५ हजार रुपैयाँ प्राप्त गरे । बेष्ट मिड फिल्डरको उपाधि मनाङका विशाल राईले जिते । उनले नगद २० हजार प्राप्त गरे ।

मनाङका गोल रक्षक ५१ हजार पुरस्कार सहित प्लेयर अफ द टुर्नानामेन्ट घोषित भए । आर्मीका भरत खवास वेस्ट स्ट्राइकर र कोच नविन न्यौपाने बेस्ट कोच घोषित भए । दुवैले जनही २० हजार रुपैयाँ पाए ।