पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको फाईनल आज

image

काकरभिट्टा, मंसिर १५ ।।
मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको आज फाईनल खेल हुँदैछ । मंसीर ६ गतेबाट जारी काकरभिट्टा गोल्ड कपको फाईनलमा नेपाली सेना र मनाङ मस्र्याङ्दी एक आपसमा फिड्दैछन ।
काकरभिट्टा माबिको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत नेपाली सेनाको टिमले नेपाल पुलिसलाई सेमिफाईनमा पराजित गरी फाईलन यात्रा तय गरेको थियो भने मनाङले आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै आर्मीसंगको फाईनल भिडन्त पक्का गरेको थियो ।
गोल्डकपको विजेता टिमले नगद ८ लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेताले नगद ४ लाख १ हजार नगद पुरस्कार पाउने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिन बस्नेतले बताउनु भयो । प्रतियोगिताको प्रथम पुरस्कार मेची नेत्रालय काँकरुभिट्टा र दोस्रो पुरस्कार धाइजनका खेलप्रेमी नरेन्द्र मेचेले उपलब्ध गराउनु भएको समेत अध्यक्ष बस्नेतले बताउनु भयो । मेची बस व्यवसायी सह प्रायोजक रहेको प्रतियोगिताको फाइनल खेल आज दिनको २ बजेबाट सुरु हुनेछ ।