पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आयोजकलाई स्तब्ध पार्दै मनाङ फाइनलमा, आर्मीसंग उपाधी भिड्न्त हुने

image

बलका लागि संघर्ष गर्दै आयोजक र मनामनाङका खेलाडी ।

काकरभिट्टा, मंसिर १३ ।।
झापाको शिवसताक्षी गोल्डकप उपाधिका लागि एकसाता अघि भिडेका त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी मोफसलकै सर्वाधिक पुरस्कार राशिको मेची नेत्रालय काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार पुनः आमने सामने हुने भएका छन् ।

प्रतियोगिताको बुधबार सम्पन्न अन्तिम सेमिफाइनलमा आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टरलाई ‘सडन डेथमा’मा ८—७ को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङले एक सातामा दोस्रो पटक उपाधिका लागि आर्मीसँगको फाइनल यात्रा पक्का गरेको हो । यसअघि नै नेपाल पुलिस क्लबलाई ३ शुन्य गोल अन्तरले हराउँदै आर्मी फाइनल प्रवेश गरेको छ ।

निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि टाइ ब्रेकरमा धकेलिएको थियो । मनाङका कमल श्रेष्ठ, अनन्त तामाङ, विमल बस्नेत, विराज मर्हजन, विमल घर्ती मगर, अनिल गुरुङ, हेमन गुरुङ, विशाल राईको प्रहार काँकरभिट्टाका गोलरक्षक एलन न्यौपानेले रोक्न सकेनन् भने विक्रम लामाको प्रहार बाहिरिएको थियो ।

काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका विष्णु सुनवार, भुषण लिम्बु, निराजन खड्का, हेमन्त थापा मगर, प्रकाश बुढाथोकी, सरोज दाहाल, सुरज विक सुनवारको प्रहार गोलमा परिणत भएपनि निशास लिम्बुको प्रहार मनाङका गोलरक्षक दिनेश थापा मगरले पञ्च गरेर बाहिर फ्याकिदिए । काँकरभिट्टाकै विदेशी खेलाडी फ्लोरेन्सको प्रहार पोलमा लागेर बाहिरिएको थियो । खेलको म्यान अफ दी म्याच मनाङका हेमन गुरुङ घोषित भए  । उनलाई नगद दश हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो ।

खेलको चौथो मिनेटमा आयोजकका भूषण लिम्बूको पासमा अनिल गुरुङ गोल गर्नबाट चुके । १२ औँ मिनेटमा मनाङका विमल घर्ती मगरको पासमा सुजल श्रेष्ठको प्रहारले पनि गोल्डपोष्टको दिशा लिन सकेन ।

२०औँ मिनेटमा आयोजकका प्रकाश बुढाथोकीले वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहारलाई गोलरक्षक दिनेश थापाले पञ्च गरेर बाहिर पठाइदिए । २७ औँ मिनेटमा प्रकाश बुढाथोकीले प्रहार गरेको फ्रि किक पनि पोष्ट भन्दा बाहिर गयो । विदेशी खेलाडी फ्लोरेन्सलाई फाउण्ल्ड गरेपछि आयोजकले फ्रि किको मौका पाएको थियो । ४० औँ मिनेटमा आयोजकका खमिरगिल्सन कन्दङ्वाले पनि गोल गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

खेलको ६५ औँ मिनेटमा आयोजकका खमिरगिल्सन कन्ङ्वाले रातोकार्ड पाउँदै मैदान बाहिरिनु परेको थियो । मनाङका सुजल श्रेष्ठले फाउल गरेको दखिए पनि रेफ्री नबिन्दर महर्जनले उल्टो निर्णय दिएको भन्दै बल बाहिर फ्याकेका थिए । खेलाडीले देखाएको अभद्र ब्यवहारका कारण खमिरगिल्सनलाई पहेलो कार्ड दिन लाग्दा रेफ्रीको हातबाट कार्ड फ्याकेपछि रातो कार्ड पाएका थिए। लिम्बू बाहिरिएपछि आयोजक १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीमा समेटिएको आयोजकले खेललाई टाइब्रेकरमा लैजाने रणनीतिमा खेलिरहेको ६९औ मिनेटमा मनाङका सुजल श्रेष्ठ रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । आयोजकका  निशान लिम्बूलाई फाउल गरेपछि उनले पहेँलो कार्ड पाएका थिए भने त्यस अघि नै सुजलले अर्काे पहोँलो कार्ड पाएका थिए । त्यसपछि दुवै टिम १० खेलाडीमा समेटिएको थियो ।

खेलको म्यान अफ द म्याच मनाङ मस्याङ्दीका हेमन गुरुङ घोषित भए । उनलाई दुर्गा चन्द्र मेमोरियल ट्रष्ट काँकरभिट्टाले प्रदान गर्ने नगद १० हजार प्रदान गरिएको थियो । फाइनल खेल त्रिभूवन आर्मी र मनाङ मस्याङ्दी बिच हुने भएको छ ।

गोल्डकपको विजेताले टिमले नगद ८ लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेताले नगद ४ लाख १ हजार नगद पुरस्कार पाउने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिन बस्नेतले बताए । प्रतियोगिताको प्रथम पुरस्कार मेची नेत्रालय काँकरुभिट्टा र दोस्रो पुरस्कार धाइजनका खेलप्रेमी नरेन्द्र मेचेले स्पोन्सर गरेका छन् । मेची बस व्यवसायी सह प्रायोजक रहेको छ भने विभिन्न सङ्घ संस्थाको सहयोग रहेको आयोजकले बताएको छ । प्रतियोगिताको फाइनल खेल शुक्रवार दिनको २ बजेबाट सुरु हुनेछ ।

 

 

थप सामाग्री