पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पोनी खेलका लागि राष्ट्रको प्रतिनिधित्व गर्दै होराइजन 

image

धुलाबारी ।
नेपालबाटै पहिलोपटक देशको प्रतिनिधित्व गर्दै पोनी सट बल एण्ड वेसबल खेलकालागि मेचीनगर नगरपालिका १० धुलाबारी स्थित इष्ट होराइजन अङ्ग्रेजी विद्यालय  भारतको मणिपुर प्रस्थान गरेको छ । 

विद्यालयले बुधबार विद्यालय परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो खेलकालागि नेपालकै प्रतिनिधित्व गर्र्दै इष्ट होराइजनले पहिलो अन्तराष्ट्रिय सहभागिता जनाउन लागेको जानकारी दिएको छ ।

पोनी सट बल एण्ड बेसबल सङ्घका अध्यक्ष तथा बरिष्ठ प्रशिक्षक केशव गौतमका अनुसार यो खेल वेस बल र सट बलको सानो रुप हो । १६ वर्ष मुनिका विद्यार्यीहरुले सहभागिता जनाउने यो खेल नेपालमा भर्खरै अभ्यासमा आएको प्रशिक्षक गौतमले जानकारी दिनुभयो । यो खेलमा माध्यामिक तहका विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ । 

डिसेम्बर १ तारिखदेखि ३ तारिख सम्म भारतको मणिपुर राज्यमा आयोजना हुने प्रतियोगिताका लागि विद्यालयका तर्फबाट २३ जना खेलाडी, १ जना टीम कोच र अफिसियल २ जना गरेर २६ जनाको टोली सहभागि हुनेछ । ‘‘हाम्रो पहिलो प्राथामिकता खेल जित्ने हो , र हामि त्यहाँबाट खेल सम्बन्धी नयाँ कुरा सिक्न पनि उत्साहित छौँै’’ अध्यक्ष गौतमले भन्नुभयो–‘‘त्यहाँ खेल मात्र होइन ,यहाँबाट गएका खेलाडी विद्यार्थी र मणिपुरका विद्यार्थीबिच नेपाल र भारतका शिक्षण पद्धतिको बारेमा छलफल हुनेछ ।’’

स्पोर्ट एण्ड एजुकेशनल टुरको संज्ञा दिइएको प्रतियोगितामा ‘जित्न र सिक्न’ खेलाडीहरु  सहभागि हुन लागेको गौतमले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा मेचीनगर नगरपालिका उपप्रमुख मिना उप्रेती पोख्रेलले नगरपालिका भित्र रहेको इष्ट होराइजनले पहिलो पटक देशको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय खेलमा जनाएको सहभागिताले नगरको प्रतिष्ठा उच्च भएको बताउनुभयो । उँहाले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पश्चात् नगर परिषद बस्ने र नगरको खेल क्षेत्रको विकासकालागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सञ्जीव राई , अठोट नेपालका अध्यक्ष तथा समाजसेवी नगेन गुरुङ , समाजसेवी तथा भलिवल खेलका प्रशिक्षक गणेश विक्रम नेम्वाङ्ग , पत्रकार राजु अधिकारीले खेलाडी तथा सम्पुर्ण टोलीलाई शुभकामना दिएका थिए । 

मेचीनगर नगरपालिका उपप्रमुख मिना उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा पोनी सट बल सङ्घ अध्यक्ष तथा बरिष्ठ प्रशिक्षक केशव गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सञ्जीव राई, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेश विक्रम नेम्वाङ् , नगेन गुरुङ, खेलाडी, अभिभावक तथा पत्रकारहरुको सहभागिता रहेको थियो । 

थप सामाग्री