पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पुलिसलाई पन्छाउँदै आर्मी फाइनलमा

image

काकरभिट्टा, मंसीर १२ ।।
त्रिभूवन आर्मी काँकरभिट्टामा जारी मेची नेत्रालय काकरभिट्टा गोल्डकपको फाइलनमा प्रवेश गरेको छ ।
मङ्गलवार काकरभिट्टा माविको खेलमैदानमा भएको पहिलो सेमीफाइनल खेलमा नेपाल प्रहरीलाई ३–० को गोल अन्तरले हराउँदै आर्मीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । शुक्रवार हुने फाइनल खेलमा आर्मीले बुधवार हुने दोस्रो सेमीफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मनाङ मस्याङदी विचको विजेतासँग खेल्नेछ ।
आर्मीको जितमा दिनेश हेनजनले  २ र प्रिन्स कार्कीले १ गोलको योगदान गरेका थिए । खेलको ५४ औँ मिनेटमा दिपक गुरुङको क्रसमा हेनजनले हेडर मार्फत सानदार गोल गरे । एक शून्यको दबाबमा रहेको पुलिसलाई पुनः अर्काे गोलको सामना गर्नु पर्यो । खेलको ६४ औं मिनेटमा आर्मीका दिनेश हेनजनले गोल गरेर आफ्नो टिमलाई दुई शून्यको अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले गोल गर्दै खेललाई ३–० को अग्रतामा पुर्एका थिए । कार्कीले वान भर्सेस वानमा विपक्षी गोलरक्षक रोशन खड्कालाई विट गर्दै जाली चुमाएका थिए ।
खेलको म्यान अफ द म्याच विजेता टिमका दिनेश हेनजन घोषित भए । उनलाई दुर्गा चन्द्र मेमोरियल ट्रष्टले प्रदान गर्ने नगद १० हजारसहित पुरस्कृत गरिएको थियो । अन्तिम सेमीफाइनल खेल बुधवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मनाङ मस्याङ्दीबिच हुने आयोजक समितिले जनाएको छ ।