पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कविता प्रतियोगितामा कवि नूराज प्रथम

image

कविता प्रतियोगितामा बिजयी प्रतियोगि र लेडि जेसीजका सदस्यहरु ।

बिर्तामोड, मंसीर ९ ।।
बिरता लेडि जेसीजको आयोजनामा सम्पन्न कविता वाचन प्रतियोगितामा कवि नूराज भट्टराई प्रथम हुनु भएको छ । त्यसैगरी कवि पुस्कर भट्टराई दोस्रो र कवि पर्शुराम तिम्सीना तेस्रो हुनु भएको छ ।
बिरता लेडि जेसिजका अध्यक्ष नैनकला भट्टराईको सभापतित्वमा सम्पन्न कविता वाचन प्रतियोगितामा प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोहिणी बिलास लुईटेलले नयाँ पुस्तामा कविताको आकर्षण बढीरहेकाले कविताको भविश्य सुनौलो रहेको बताउनु भयो ।
लक्ष्मण ढकाल, बिनोद खनाल र मिश्र बैजयन्ती निर्णायक रहनु भएको प्रतियोगितामा २५ जना नयाँ तथा पुराना कविहरुले आ आफ्नो कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रमका बिशिष्ट अतिथि साहित्यकार तेराख, नेपाल जेसीजका महासचिब भरत प्रसाई, बिरता लेडि जेसीजका पुर्व अध्यक्ष कञ्चना सिटौला र पार्वता बिमली लगायतले यस खाले प्रतियोगिताको निरन्तरताका लागि लेडि जेसीजलाई आग्रह गर्नु भएको थियो । लेडि जेसीजको आफ्नै भवनमा सम्पन्न कार्यक्रम बिरता लेडि जेसीजका महासचिब गोमा भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

थप सामाग्री