पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जोरसिमल कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

मेचीनगर , मंसिर ९ ।
उत्कृष्ट बचत कर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गर्दै जोरसिमल कृषि सहकारी संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको कार्यलयमा सम्पन्न भएको साधारण सभामा उत्कृष्ट बचतकर्ता तर्फ तेजन अधिकारी र उत्कृष्ट ऋणी तर्फ नौतन कुमारी खनाल सम्मानीत भएका छन् । उनीहरुलाई सम्मान पत्र र नगद सहित कार्यक्रमका प्रमुख अतिथि सहकारी अभियान्ता हरि चरण बानियाँले सम्मान गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष प्रल्हाद मणि ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी अभियान्ता बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्रपा मेचीनगर अध्यक्ष सुशिल आचार्य , युवा संघ नेपालका रविन्सन थापा , संस्थागत सल्हाकार संयोजक नारायण प्रसाद ओली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्र निरौलाले गर्नु भएको थियो ।

साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै ओलीले संस्थाले आर्थिक वर्ष २०७३ ÷ ०७४ मा २ करोड ८८ लाख १० हजार १४ रुपैयाँको कारोवार गरेको जानकारी दिनु भयो । प्रतिवेदन अनुसार संस्थाले एक वर्षको अवधिमा १२ हजार १ सय ७७ रुपैयाँ नाफा आर्जन गरेको र संस्थाको सेयर पुँजी १२ लाख २९ हजार पुगेको छ ।

थप सामाग्री