पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

किसान संघको सम्मान

image

कार्यक्रममा सहभागीहरु ।

बाहुनडाँगी, कार्तिक १५ ।।
नेपाल किसान संघले आज एक कार्यक्रमका बिच अगुवा तथा अग्रज किसानहरुलाई सम्मान गरेको छ । किसान संघ झापा क्षेत्र नं. १ को आयोजनामा मेचीनगर वडा नं. २ बौद्य मोड बाहुनडाँगीमा भएको कार्यक्रममा कृषिको आधुनिकीकरण गर्दै खेती प्रणालीलाई सुधार गर्ने २१ जना अगुवा किसानलाई सम्मान गरको किसान संघ क्षेत्रीय सचिब बिकल भट्टराईले जानकारी दिनु भयो ।
किसान संघ क्षेत्रीय सभापति भगिरथ सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नगर सभापति ईन्द्र बुढाथोकी, महधिवेशन प्रतिनिधि दुर्गा खतिवडा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । काँग्रेसका जिल्ला सदस्य पुष्पराज पौडेलले कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको कार्यक्रम किसान संंघ सचिब बिकल भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।