पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शिलान्यास भएको २४ बर्ष पछि महाकवि देवकोटाको पुर्णकदको सालिक अनावरण

image

देवकोटाको शालिक अनावरण पछि कुलपति उप्रेती सहित अन्य अतिथीहरु ।

काकरभिट्टा, कार्तिक २ ।।
२०५० साल जेठ ३० गते शिलान्यास भएर बिभिन्न बिवादका बीच काकरभिट्टा स्थीत देवकोटा पार्कमा आज महाकवि देवकोटाको पुर्णकदको शालिक अनावरण भएको छ । महाकवि देवकोटाको १०९ औँ जन्मजयन्तीको अवसरमा देवकोटा पार्क व्यवस्थापन समितिद्वारा आयोजित एक कार्यक्रमका बीच देवकोटाको शालिक प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अनावरण गर्नु भयो । व्यवस्थापन समितिका अध्यक्ष रविन कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा शालिक वरिपरी राखिएको १०९ वटा दीप प्रज्वलन समेत गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य यज्ञराज प्रसाईले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो । वरिष्ठ साहित्यकार चुडामणि रेग्मी, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, एमालेका झापा जिल्ला सचिवालय सदस्य गोपालचन्द्र बुढाथोकी, माओवादी केन्द्रका बोधराज दाहाल लगायतले देवकोटाका बारेमा आ आफ्नो विचार राख्नु भएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा चिल्ड्रेन पार्क निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष साहित्यकार पुण्यप्रसाद खरेलले सञ्चालन गर्नु भएको कार्यक्रममा व्यवस्थापन समितिका उपाध्यक्ष भवानी केरुङले स्वागत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न स्रष्टाहरले आ आफ्नो रचना समेत सुनाउनु भएको थियो । अनावरण समारोहमा झापा, मोरङ, सुनसरी, इलाम तथा छिमेकी भारतको सिलिगुडी, दार्जि्लिङ, खर्साङ, सिक्किम लगायतका स्रष्टाको समेत जमघट थियो ।

 

थप सामाग्री