पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बेलायती सहयोगमा काकरभिट्टा माबिमा आधुनिक कम्प्युटर ल्याब

image

काकरभिट्टा मा बिमा स्थापना गरिएको कम्प्युटर ल्याब ।

काकरभिट्टा, असोज ३१ ।।
काकरभिट्टा स्थीत काकरभिट्टा माध्यमिक बिद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । गोर्खा मेमोरियल फण्ड बेलायतको सहयोगमा बिद्यार्थीहरुलाई कम्प्युटर शिक्षाका लागि स्थापना गरिएको कम्प्युटर ल्याबमा ३१ थान कम्प्युटर, एक थान प्रोजेक्टर, ३ थान सिसि क्यामेरा, १ एमबिपिएस स्पीडको ईन्टरनेट र एक थान सर्बर कम्प्युटर जडान गरिएको बिद्यालयका प्रधानअध्यापक तुलशीप्रसाद निरौलाले जानकारी दिनु भयो । हिजो बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र गोर्खा मेमोरियल फण्ड वेलायतका अध्यक्ष धन गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । कम्प्युटर ल्याब उद्घाटन कार्यक्रममा बेलायतको फोक्सटन शहरका मेयर र मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेती तथा झापाका प्रजिअ ऋषिराम तिवारी बिच प्रत्यक्ष भिडियो कुराकानी समेत गराईएको थियो । सोही अवसरमा काकरभिट्टा माबि र बेलायत स्थीत फोक्सटन शहरका बिद्यार्थीहरु बीच पनि ईन्टरनेटको सहयोगमा प्रत्यक्ष कुराकानी भएको थियो ।
काकरभिट्टा माबिका पुर्व बिद्यार्थी तथा बेलायत स्थीत फोक्सटन शहरका पुर्व काउन्सिलर धन गुरुङको बिशेष पहलमा बेलायती सहयोग बिद्यालयमा भित्रिएको बिद्यालयले जनाएको छ ।