पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनता आवास कार्यक्रमअन्तर्गत झापामा ५०० घर निमार्ण हुने

लोपोन्मुख सन्थाल समुदायका लागि मात्रै एक सय पक्की घर बन्ने

image

जनता आवास कार्यक्रमअन्तर्गत झापामा  ५०० घर निमार्ण हुने भएको छ । लोपोन्मुख, दलित र मुस्लिम समुदायलाई लक्षित गरि घर निमार्ण हुने भएको हो । जसमध्ये  लोपोन्मुख सन्थाल समुदायका लागि मात्रै एक सय पक्की घर बन्ने भएको छ । गत आर्थिक बर्षमा दलित र मुस्लिम समुदायकाका  ४९४ परिवारसंग सम्झौता भएको थियो । जसमा ३४४ घरको निर्माण कार्य अन्तिम चरणमा रहेको छ भने बाकीँको निमार्ण यस आर्थिक बर्षमा गर्ने लक्ष्य राखिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको इकाइ कार्यालय चन्द्रगढीले जनाएको छ । इकाइ कार्यालयका इञ्जिनियर सुमन मिश्रका अनुसार निर्माण हुन बाँकी घरका साथै  थप ५०० घर  यो बर्ष निमार्ण हुने छ ।  यो आर्थिक वर्षमा घर बनाउने परिवारले तीन लाख ३२ हजार ५०० प्राप्त गर्ने छ । गत बर्ष सम्झौता गरेका परिवारले भने दुई लाख १४ हजार प्राप्त गर्ने इञ्जिनियर मिश्रले जानकारी दिनुभयो ।

थप सामाग्री