पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एकै दिन ३ सय किशोरी नयाँ भुमिकामा : रेडियोमा बहसमुलक कार्यक्रम चलाउँदै

image

झापा, असोज २४ ।।
नेपालमा ३ सय किशोरी एकदिन नयाँ भूमिकामा देखिने भएका छन् । अक्टोबर ११ अर्थात असोज २५ गते विश्व बालिका दिवसका अवसरमा नेपालमा ३ सय किशोरी रेडियोकर्मीको भूमिकामा देखिने भएका हुन् ।
यसअघि कहिल्यै रेडियोमा काम नगरेका ३ सय बालिका एक दिन रेडियोकर्मीका हैसियतले टेक ओभर कार्यक्रम अन्र्तगत नयाँ भूमिकामा देखिन लागेका हुन् ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपाल र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा म बालिका भएकाले भन्ने नाराका साथ छैठौं अन्तर्रा्ष्ट्रिय बालिका दिवस मनाउन लागिएको हो ।

किशोरीहरुलाई उनीहरुको नियमित संलग्नता भन्दा फरक भूमिकामा निश्चित समयसम्म जिम्मेवारी बहन गराउने अभियानको रुपमा रेडियो पत्रकारको जिम्मेवारीमा किशोरीको नेतृत्व अर्थात टेक ओभर कार्यक्रम गर्न लागिएको अकोरावका अध्यक्ष सुवास खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रमको नेतृत्व लिनु अघि रेडियो मार्फत उनीहरुलाई तालिम दिइने छ । बहसमूलक रेडियो कार्यक्रममा नीति निर्माताहरु, जनप्रतिनिधिहरु र सरकारी अधिकारी हरुलाई निम्त्याएर आफू तथा आफूजस्तै अन्य किशोरीहरुका सवालमा छलफल हुने प्लान इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक स्भेन्स कोपेन्सले बताउनुभयो ।
१४ देखि १९ बर्षसम्मका किशोरीको सहभागिता रहने कार्यक्रममा रेडियो सरगम झापाका लागि १५ बर्षिया चाँदनी अन्सारी छनौट हुनु भएको छ । धुलाबारी माबिमा कक्षा ९ मा अध्ययनरत अन्सारीले २५ गते हुने वालिका दिवस बिषेश रेडियो कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेती, काकरभिट्टा स्रोत केन्द्रका स्रोत ब्यक्ति लोक बहादुर दाहाल र वालवालिका सम्बन्धी काम गरिरहनु भएका युवा मणिकुमार लिम्बुसंग वालिका अधिकार र समानताका लागि बिषेश छलफल कार्यक्रम सञ्चालन गर्नु हुनेछ । वालिका दिवस बिशेष छलफल कार्यक्रम रेडियो सरगम ८८.८ मेघाहर्जबाट २५ गते बिहान ७ः३० बजे देखी ८ बजे सम्म प्रसारण हुनेछ । कार्यक्रम रेडियो सरगमको फेसबुक पेजबाट भिडियो लाईभ समेत गरिने र रेडियोको वेबसाईड radiosargam.org.np तथा रेडियो सरगमको मोबाएल एप मार्फत पनि सुन्न सकिने रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिनु भयो । 

थप सामाग्री