पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

छात्राका लागि सेनेटरी प्याट बितरण

image

सेनेटरी प्याट पाए पछि छात्राहरु ।

मेचीनगर, असोज २३ ।।
काँकरभिट्टा स्रोत केन्द्र स्तरीय बाल क्लबद्वारा स्रोत केन्द्रका ७ वटा विद्यालयलाई सोमवार सेनीटरी प्याड वितरण गरिएको छ ।
छात्राहरुलाई विद्यालय समयमा रजस्वला भएका बेला विदामा बस्न नपरोस भन्ने उदेश्यका साथ उक्त प्याड वितरण गरिएको हो । हरेक विद्यालयलाई २ सय थानका दरले प्याड वितरण गरिएको स्रोत केन्द्रस्तरीय बाल क्लबकी अध्यक्ष मिक्सेन लावतीले बताृउनु भयो ।

धुलावारी मावि, आदर्श मावि, बालकल्याण मावि, काँकरभिट्टा मावि, ज्यामिरगढी मावि, कविशिरोमणी मावि र शहिद दशरथ माविलाई प्याड वितरण गरिएको काकरभिट्टा स्रोत केन्द्रका स्रोत ब्यक्ति लोकबहादुर दाहाले जानकारी दिनु भयो ।

मल्टि टेक्निकल सेन्टर धुलावारीका सञ्चालक सन्तोष थापाले ४ हजार ५ सय रुपैँया आर्थिक सहयोग गरे पछि छात्राहरुका लागि उक्त प्याड खरिद गरेर वितरण गरिएको स्रोत ब्यक्ति दाहालले बताउनु भयोे ।  सोमवार काँकरभिट्टा स्रोत केन्द्रमा आयोजित एक कार्यक्रमका बिच उक्त प्याड विद्यालयलाई स्रोत व्यक्ति लोकबहादुर दाहाल, आदर्श माविका प्रधानाध्यापक हेमकुमार खड्का र क्लबकी अध्यक्ष मिक्सेन लावतीको सहभागितामा वितरण गरिएको हो ।

पछिल्लो एक तथ्याङ अनुसार मासिक ४ दिनका दरले एउटा छात्राले बार्षिक ४० दिन विद्यालय अनुपस्थिति रहेको पाइएको छ । रजश्वला भएपछि उनीहरु विद्यालयमा सहभागि हुन नसक्ने बताइएको छ । यसलाई कम गराउने उदेश्यका साथ  प्याड विरतण गरिएको र बाँकी विद्यालयहरुलाई समेत केही समयमा वितरण गरिने बताइएको छ ।

 

थप सामाग्री