पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाम एकताले भुकम्प ल्यायो : एमाले नेता खनाल

image

बिर्तामोड, असोज २३ ।।
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले बाम एकताले मुलुकमा भुकम्प ल्याएको बताउनु भएको छ । हिजो झापाको बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खनालले एमाले र माओबादी केन्द्र बिचको एकताले अन्य राजनितिक शक्तिका लागि भुकम्प पैदा गरेको बताउनु भयो । एमाले नेता खनालले बाम एकताले आगामी निर्वाचनमा बहुमतको सरकार प्राप्त हुने र स्थीर सरकारका लागि बिश्वस्त बनाएको बताउनु भयो ।
पुर्व प्रधानमन्त्री समेत रहनु भएका एमाले नेता खनालले बाम एकता कसैको बिरुद्धको एकता नभएको समेत प्रष्ट पार्नु भयो ।

प्रेस चौतारी झापाका अध्यक्ष मुक्ती पौड्ेलको अध्यक्षतामा भएको प्रत्रकार भेटघाट कार्यक्रमको सञ्चालन चौतारी झापाका सचिब प्रदीप परियारले गर्नुभएको थियो ।

 

थप सामाग्री