पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एमाले ९९ र माओबादी ६६ क्षेत्रमा चुनाव लड्ने

प्रदेश सभामा एमालेले १९८, माओवादी केन्द्रले १३२ क्षेत्रमा उम्मेदवारी दिने

image

काठमाडौं, असोज २२ ।।
आगामी निर्वाचनका लागि क्षेत्र निर्धारण गर्न बसेको वाम गठबनधन क्षेत्र निर्धारण कार्यदलले यसअघिका निर्वाचनमा प्राप्त गरेको मतसंख्यालाई आधार सिट वाँडफाँड गर्ने सहमति गरेको छ ।
सहमती अनुसार अब एमालेले प्रतिनिधि सभामा ९९ र प्रदेश सभामा १९८ सिटमा उम्मेदवारी दिनेछ भने माओवादी केन्द्रले प्रतिनिधिसभामा ६६ र प्रदेशसभामा १३२ क्षेत्रमा उम्मेदवारी दिनेछन् ।
शनिबार बसेको कार्यदलको बैठकले जिल्ला र क्षेत्रगत रुपमा प्राप्त गरेका मतलाई आधार बनाएर सिट संख्या बाड्ने निर्णय गरेका हुन् । बैठकमा एमालेले प्रस्तुत गरेको विवरणमा आधारित भएर दुवै दलले क्षेत्रगत र जिल्लागत रुपमा जित्न सक्ने उम्मेदवार र पार्टीको अवस्थाका बिषयमा छलफल गरी माओवादी केन्द्र र एमालेले अघिल्ला निर्वाचनमा लिएको अग्रताको विवरणमा केन्द्रित हुँदै सिट वाँडफाँड गर्न लागेका हुन् ।
‘ ड्राफ्ट बनाइसकेका छौं, प्रचण्ड र केपी ओलीलाई देखाएर अन्तिम रुप दिन्छौं’ बैठकमा सहभागी एक नेताले बताउनु भयो । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार शिर्ष नेतासँग संयुक्त छलफल गरेर कार्यदलले निर्वाचन क्षेत्र निर्धारण गर्ने जानकारी दिनु भयो ।
कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, बर्षामान पुन अनन्त,मातृका यादव लगायतका नेता छन् ।

 

थप सामाग्री