पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

छैन पोलियो विरुद्धको खोप

image

पोलियो विरुद्धको खोप इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाउन गत साउनमा झपाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएका ६१ शिशुलाई खोप नलगाई फर्काउनुपर्‍यो । “माथिबाटै खोप आएको छैन, कहिले आउँछ पनि थाहा छैन”, केन्द्रकी अनमी गीता मगराती भन्छिन् ।

धेरैलाई थाहा नहुन सक्छ, तर झापामा गत साउन मात्र होइन, एक वर्षदेखि नै यो खोप आएको छैन । झापामा मात्र होइन, पूरै देशभर नै आईपीभी खोप छैन । तर, स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई खोप अभावको कुनै जानकारी दिएको छैन । शिशु नौ महीना पुगेपछि दिइने यो आईपीभी अन्तिम खोप मानिन्छ ।

जनस्वास्थ्य कार्यालय झापाका अनुसार, राष्ट्रिय खोप तालिकाअन्तर्गतको यो खोप नआइपुगेका कारण आर्थिक वर्ष २०७३र७४ मा १९ हजार ८०८ जना शिशु खोपबाट वञ्चित भए । “मन्त्रालयबाटै खोप आएको छैन”, जनस्वास्थ्य कार्यालयका खोप सुपरीवेक्षक बालकृष्ण भण्डारी भन्छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारी भने, विश्वकै धनाढ्यमध्येका माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सको स्वामित्वको ग्लोबल भ्याक्सिन अलायन्स ९जीभीए० ले अनुदानमार्फत दिंदै आएको आईपीभीलगायतका खोपको आपूर्ति रोकेको बताउँछन् ।

विश्वका धेरैजसो मुलुकबाट उन्मूलन भइसके पनि नेपालमा सन् २०१० मा पछिल्लोपटक पोलियो देखिएको थियो । त्यसपछि सरकारले राष्ट्रिय खोप तालिकामा खोप र थोपा खुवाउने कार्यलाई निरन्तरता दिंदै खोप दिवस नै मनाउन थालेको थियो । तर, मन्त्रालयको खोप महाशाखाको तथ्यांक अनुसार, गत आवमा देशभरका ६ लाख ५० हजार शिशुले आईपीभी लगाउन पाएनन् ।

मन्त्रालयको खोप महाशाखाका अधिकृत जगन्नाथ दंगाल जीभीएले अनुदान रोकेपछि विकल्पमा फ्य्राक्सनल इनएक्टिभेटेड पोलियोभाइरस भ्याक्सिन (एफआईपीभी) सञ्चालनको तयारी भइरहेको बताउँछन् । यसका लागि मन्त्रालय र जीभीएबीच २०१७—२०२१ सम्मका लागि ३८ करोड अमेरिकी डलरको सहयोग सम्झैता हुने प्रक्रियामा छ । “सम्झौतापछि खोपले निरन्तरता पाउनेमा आशावादी छौं”, दंगाल भन्छन् ।

गोपाल गडतौला, झापा
हिमालखबर डटकमबाट साभार

 

थप सामाग्री