पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापामा महिला मतदाता धेरै

झापामा ५ लाख ८५ हजार २२८ जना मतदाता

image

झापा, असोज २२ ।।
आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापामा महिला मतदाताको संख्या धेरै रहेको छ । झापामा ५ लाख ८५ हजार २२८ जना मतदाता कायम गरिएकोमा पुरुषको तुलनामा महिला मतदाता ७ हजार ४८५ जना बढी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्गमा झापामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या धेरै भएको पाईएको हो । झापाका कुल मतदाता मध्ये महिला मतदाताको संख्या २ लाख ९६ हजार ३५२ छ भने पुरुष मतदाताको संख्या २ लाख ८८ हजार ८६७ रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । पाँच वटा निर्वाचन क्षेत्र कायम गरिएको झापामा क्षेत्र नं. १ मा १ लाख ५हजार ४७५ मतदाता रहेका छन । त्यस्तै क्षेत्र नं. २ मा १ लाख १८ हजार २०४ जना, क्षेत्र नं. ३ मा १ लाख १४ हजार ५८६ जना, क्षेत्र नं. ४ मा १ लाख ९ हजार ४०१ जना र निर्वाचन क्षेत्र नं. ५ मा १ लाख ३७ हजार ५६२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ ।
त्यसैगरी झापामा ९ जना तेस्रो लिङ्गि मतदाता रहेको समेत निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  तेस्रो लिङ्गि मध्ये क्षेत्र नं. २ मा ५ जना, क्षेत्र नं. ४ मा १ जना र क्षेत्र नं. ५ मा ३ रहेको बताईएको छ ।
मंसीर २१ को निर्वाचनका लागि झापामा ६ सय ८७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा धेरै निर्वाचन क्षेत्र नं. ५ मा १५८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा थोरै निर्वाचन क्षेत्र १ मा १२० वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिनु भयो ।
यस अघि गत असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा झापामा कुल ५ लाख १० हजार २१६ जना मतदाता थिए । त्यस अनुसार मंसीरको निर्वाचनका लागि झापामा ७५ हजार १२ जना मतदाता बढेको जिल्ला निर्वाचन कार्यालय प्रमुख आचार्यले झापा टाईम्स डटकमलाई जानकारी दिनु भयो । आचार्यका अनुसार स्थानीय तह निर्वाचनमा २८३ मतदान स्थलमा ६३७ मतदान केन्द्र निर्धारण गरिएको भए पनि मंसीरमा हुने निर्वाचनका लागि भने मतदाता बढेकाले ५० वटा मतदान केन्द्र थप गर्नु परेको हो । मतदान स्थल थप भए पनि मतदान केन्द्र भने २८३ नै कायम गरिएको आचार्यले बताउनु भयो ।

 

थप सामाग्री