पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थानीय तहका उम्मेद्वार र समानुपातिक सांसदलाई काँग्रेसले टिकट नदिने

image

काठमाण्डौ, असोज २१ ।।

नेपाली कांग्रेसले समानुपातिकबाट सांसद बनेका र स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका नेतालाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । तर केही प्रभावशाली नेतालाई सांसद बनाउने गरी यस अघि समानुपातिकमा संसाद भएका प्रभावशाली नेताको ब्यवस्थापन गर्न काँग्रेसले चलाखी पुर्ण निर्णय समेत गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्म बैठकमा समानुपातिक सांसदलाई अबको चुनावमा समानुपातिकमा नै उम्मेद्वार बनाउनु नहुने महामन्त्री संशाक कोईरालाले प्रस्ताव गरे पछि केही प्रभावशाली सांसदलाई पुन समानुपातिक सांसद बनाउन कांग्रेसले ‘अपवादबाहेक’ भन्ने शब्द राखेर निर्णय गरेको छ ।

‘साबिक संविधानसभा हाल व्यवस्थापिका–संसद्को समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका व्यक्तिहरूलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा अपवादबाहेक समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार पुनः नबनाउने निर्णय गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख पद र अन्य पदमा पार्टीका तर्फबाट उम्मेदवार बनेका व्यक्तिहरूलाई प्रदेश सभा तथा प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवार नबनाउने निर्णय गर्दछ ।’ कांग्रेसले ०७० को निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेकालाई समेत प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार नबनाउने भएको छ ।

काँग्रेसले असोज २७ सम्म उम्मेदवार टुंगो लगाउने

पुर्नसंरचित ठूलो भूगोलसहितका निर्वाचन क्षेत्र तथा अत्यन्त कम समयावधि भएका कारण यही २७ असोजसम्म प्रदेश र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै उम्मेदवारको टुंगो लगाउने निर्णय कांग्रेसले गरेको छ ।

संसदीय बोर्ड वरिष्ठ नेतासँगको सल्लाहमा सभापतिले टुंग्याउने

कांग्रेसमा निकै जटिल मानिएको निर्वाचनमा टिकट बाँड्ने संसदीय बोर्ड गठनको अधिकार सभापतिलाई दिइएको छ । तर, वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी बोर्ड गठनको जिम्मेवारी दिइएको कांग्रेस निर्णयमा उल्लेख छ । एक–दुई दिनभित्रै आफू अनुकूलको बोर्ड गठन गर्ने तयारी देउवाको छ ।

घोषणापत्रका लागि सुझाब माग

कांग्रेसले १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तयार गरिने घोषणापत्रका लागि सुझाब मागेको छ । केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले भ्रातृ शुभेच्छुक संस्था, पूर्वराजदूत, पूर्वप्रशासक, पत्रकार, उद्योगी व्यवसायी, बुद्धिजीवीसहितका सहभागीसँगको छलफलमा घोषणापत्रका लागि राय–सुझाब माग गरेको हो । केन्द्रीय सदस्य महेश आचार्य नेतृत्वको तयारी समितिले जिल्ला–जिल्लाबाट पनि सुझाब पठाउन परिपत्र गरिसकेको छ ।

 

थप सामाग्री