पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एकता कम्युनिष्ट दलको तर जित संसदीय प्रजातन्त्रको : बिपि शर्मा

image

चियापान समारोहमा बोल्दै काँग्रेस केन्द्रीय सदस्य शर्मा ।

धुलाबारी, असोज १९ ।।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिश्वप्रकाश शर्माले बर्तमानमा भएको बाम एकता संसदीय ब्यवस्थाको जगमा भएकाले यसलाई स्वागत गर्नु पर्ने बताउनु भयो । नेपाली काँग्रेस झापा क्षेत्र नं. १ ले आज आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य शर्माले एकता कम्युनिष्ट दलहरुको तर जित संसदीय प्रजातन्त्रको भएको टिप्पणी गर्नु भयो । कुनै बेला संसदीय प्रजातान्त्रीक ब्यवस्था मान्दैनौ भन्ने कम्युनिष्ट पार्टीहरु आज चुनाव जित्नका लागि एक हुनु सकारात्मक भएको शर्माको भनाई थियो । कम्युनिष्ट सिद्धान्तमा निर्वाचन प्रणाली नहुने भन्दै काँग्रेस नेता शर्माले निर्वाचनलाई केन्द्रमा राखेर एमाले र माओबादी बिच एकता हुनु काँग्रेसले बोकेको संसदिय प्रजातान्त्रीक बिचारको जित भएको बताउनु भयो ।
काँग्रेस क्षेत्रीय सभापति मणीकुमार उप्रेतीको सभापतित्वमा धुलाबारी स्थीत काँग्रेस क्षेत्रीय कार्यालयमा आयोजित चाडपर्व शुभकामना तथा चियापान समारोहमा मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य, काँग्रेस झापाका उपसभापति राम कट्टेल, सचिब प्रेम सम्बाहाम्फे, कोषाध्यक्ष केशबराज पाण्डे, महिला संघ केन्द्रीय सदस्य गोमा भट्टराई, काँग्रेस जिल्ला सदस्य चन्दन मेचे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । क्षेत्रीय उपसभापति हर्क फ्याकले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम सचिब हरि बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैगरी आजै क्षेत्र नं. १ को प्रादेशिक क्षेत्र नं.२ अन्तरगत चारआलीमा समेत काँग्रेसले शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको थियो ।

 

थप सामाग्री