पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जेलबाट छुटेर सेन्ट अप परिक्षा दिएं

image

एमाले नेत्री सबिता भेटवाल ।

धुलाबारी ।।
२०४६ साल जतिबेला तानाशाही राजतन्त्र बिरुद्ध पुरै देश आन्दोलित थियो । निरकुंश राजतन्त्रका बिरुद्ध बोल्नु र तत्कालिन राज्य सत्ता बिरुद्ध सडकमा उत्रनु चानचुने कुरा थिएन । तर त्यही भिडमा थिईन एक आँटिली वालिका । जसले आफ्नो सानो उमेरको समेत पर्वाह नगरी आफुलाई पुर्ण रुपमा राजतन्त्रको बिरुद्धमा उभ्याएको थियो । बिद्यार्थी फाँटबाट नै राजतन्त्र बिरुद्ध धावा बोल्दै आन्दोलनको अग्र मोर्चामा उभ्याएकै बेलामा २०४६ साल फागुन १० गते बिर्तामोडको कार्यक्रमबाटै तत्कालिन राज्यसत्ताले पक्रउ गरी सबिता भण्डारीलाई १४ बर्ष कै उमेरमा जेल हाल्यो । त्यसबेलाको क्रुर सत्ताका बिरुद्ध जेल भित्रै पनि कठेर रुपमा प्रस्तुत भएरै होला १४ बर्षको वालिकालाई जेलमा राख्नु हुँदैन भन्ने राष्ट्रिय अन्तराष्ट्रिय दबाब हुँदा समेत पनि सबितालाई शाही शासकहरुले रिहा गर्न मानेनन । बिबिसी लगायत अन्तराष्ट्रिय सञ्चारमाध्यमले तत्कालिन अवस्थामा सबिताको नाम नै लिएर वालिकालाई जेलमा राखिएकोमा बिरोध गर्दा पनि ४४ दिन पछि चैत २४ गते मात्रै अरु बन्दीसंगै सबितालाई पनि जेल मुक्त गरियो ।
नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नं. १ को प्रादेशिक क्षेत्र नं. २ बाट प्रदेश सभा सदस्यको उम्मेद्वारका लागि सिफारिसमा पर्नु भएका मध्ये एक सबिता भण्डारी भेट्वाल अहिले पनि पुराना दिन सम्झेर आन्दोलित बन्नु हुन्छ । वहाँ भन्नु हुन्छ “चन्द्रगढी स्थीत झापा कारागारमा पुर्याउनु अघि नै दुई पटक मलाई पुलिसले पक्राउ गरिसकेको थियो ।” सबिता भेट्वाल सम्झनु हुन्छ–“एक पटक धुलाबारी थाना र एक पटक काकरभिट्टा थानामा एक÷एक रात बिताएको थिएं ।” दोस्रो पटक पक्राउ पर्दा काकरभिट्टा थाना पु¥याइएको थियो वहा भन्नु हुन्छ–“राती ११ बजेतिर होला पुलिसले बाहिर निकाल्यो र गाडीमा जबरजस्ती हाल्यो । नकलबन्दा छेउ जंगलमा पु¥याएर गाडीबाट उता¥यो ।” वहाँ सम्झनु हुन्छ–“अब मार्छ होला । एउटा पहाडे कागजमा सहि गर तिमीलाई छाडिदिन्छु भनेर प्रहरीको हाकिमले भन्यो तर मैले मानिन ।” एक टक लगाएर प्रहरीको हाकीमको अनुहारमा हेरिरहें । मध्यरात थियो जंगलमा किराहरु कराएको आवाज मात्र सुनिन्थ्यो । निस्पट्ट अध्यारो थियो । त्यस्तो अवस्थामा यो कागजमा सहि गर नत्र जे पनि हुन सक्छ भनेर अगाडी बन्दुर तेस्र्याएर बसेको पुलिसको हाकिमले भनिरहेको थियो । भण्डारी पुराना सम्झनालाई ताजा गर्दै भन्दै हुनुहुन्थ्यो–“ तर मैले त्यो कागजमा सहि गरेर आत्मसमर्पण गर्न चाहिन ।” बरु मर्छु तर राजतन्त्रसंग झुक्दीन भन्ने लाग्यो ।” केही बेरको करकाप पछि पुलिसले केही नगरी काकरभिट्टा थानामा नै फिर्ता लिएर गयो र हाकिमको निजि कोठामा एक जना महिलाको जिम्मा लगाएर चाउचाउ पकाएर खान दियो” भण्डारीले यसो भनिरहँदा वहाँका अनुहारमा अहिले पनि राजतन्त्र बिरुद्धको त्यो क्रान्ति प्रष्ट देख्न सकिन्थ्यो । एक रात राखे पछि धुलाबारीका सामाजिक ब्यक्तित्व लेखनाथ पराजुलीको जिम्मा लगाएर प्रहरीले छोडेको सम्झना अझै ताजै भएको सबिताको भनाई छ ।
२०४८ सालमा नै कलिलै उमेरमा पार्टी सदस्यता लिनु भएकी सबितालाई १२ बर्षको उमेर हुँदा २०४३ सालदेखी नै राजनितिको चस्का लागिसकेको थियो । २०४४ सालमा धुलाबारी माध्यमिक बिद्यालयमा कक्षा–८ मा पढ्दा तत्कालिन अनेरास्वबियुका नेता शंकर पोखरेलले दुईदिन सम्म धुलाबारी माबिको बन्द कोठामा दिएको प्रशिक्षणमा सहभागी हँुदा नै सबिता भण्डारीलाई बिद्यार्थीले राजतन्त्र बिरुद्ध आन्दोलन गर्नु पर्छ भन्ने चेतना पसेको थियो । त्यस लगत्तै धुलाबारी माबिमा अनेरास्वबियुको प्रारभ्भिक कमिटि गठन गरियो र त्यसको अध्यक्षमा सबिता भण्डारीलाई नै चयन गरियो ।         

त्यस कमिटिको सचिबका रुपमा बर्तमानका कान्तिपुर दैनिकका सम्पादक तथा सबिताका सहपाठी सुधिर शर्मा सबिताका सहयोगी थिए ।
सेन्ट अप परिक्षा दिनु पर्ने थियो आफु जेलमा थिएं । पछि आन्दोलन सफल भयो र जेलबाट छुटेपछि सेन्ट अप टेष्ट परिक्षा दिएको सबिता स्मरण गर्नु हुन्छ । २०४७ सालमा धुलाबारी माबिबाट एसएलसी परिक्षा दिनु भएकी सबिता भण्डारी भेट्वाल २०४९ सालमा नै अनेरास्वबियुको जिल्ला अधिवेशनमा सहभागी हुनु भएको थियो । जिल्ला सदस्यको रुपमा नाम आउँदा आफु आफ्नै क्षेत्रमा काम गर्ने बताएर तत्कालिन अवस्थामा जिल्ला सदस्यको पद अस्विकार गर्नु भएकी सबिता २०४९ सालमा नै अनेरास्वबियुको ईलाका कमिटि कोषाध्यक्ष हुनु भयो । प्रजातन्त्रको बहाली पछि स्थापना भएको धुलाबारी क्याम्पसमा २०५० सालमा पहिलो पटक अनेरास्वबियुको गठन गरी अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएकी सबिता भेट्वाललाई तत्कालिन अवस्थामा झापा कै अग्रणी बिद्यार्थी नेताका रुपमा चिनिने गरिन्थ्यो ।
तत्कालिन धुलाबारी गाउँ बिकास समितिमा २०४९ को निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी तथा नेपाल जेसीजका पुर्व अध्यक्ष अनिल भेट्वालसंगको बैवाहिक सम्बन्ध गाँस्नु भएकी सबिताले केही समय अमेरिकको बसाई पछि पुन नेपाल फर्किएर राजनिति यात्रालाई अगाडी बढाईरहनु भएको छ । त्यसो त अमेरिका कै बसाईमा समेत नेकपा एमाले बिदेश बिभाग मार्फत काम गर्नु भएको थियो । अमेरिका बसाई कै बेला तत्कालिन एमाले नेता भिम रावलले अमेरिकाको एक कार्यक्रममा तपाईहरु ईलाका कमिटि सदस्य सरह हुनुहुन्छ है भनेको सम्झना छ सबिता भेट्वाललाई । २०६७ सालमा एमालेको झापा काठमाण्डौ सम्पर्क मञ्च क्षेत्र नं. १ को उपाध्यक्ष, २०६९ मा सोही कमिटीको अध्यक्ष हुँदै हाल मञ्जको जिल्ला कोषाध्यक्षको जिम्वेवारी मार्फत सबिता पार्टी संगठनको काममा सक्रिय रहनु भएको छ । ४३ बर्षिया सबिताले झापामा नेकपा एमाले भित्र प्रखर महिला नेत्रीको छबी बनाउँदै जानु भएको छ भने वहाँलाई पार्टी संगठन भित्र कुशल संगठक र राम्रो समन्वय कर्ताको रुपमा समेत हेरिन थालिएको छ ।
१८ असोज २०७४ ।।

 

थप सामाग्री