पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पत्रकार श्रेष्ठको छैठौ कृति विमोचन

image

धुलाबारी ।
पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको छैठौँ कृति मेरो जीवन आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

धुलाबारीमा आयोजित विमोचन समारोहमा लेखक श्रेष्ठको आफ्नो जीवनको आत्मसंस्मरणात्मक कृतिको भाषविद् चुडामणी रेग्मीले लोकार्पण गर्नुभयो ।

समाजसेवी चन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कृति लोकार्पण कार्यक्रममा साहित्यकार चुडामणी बशिष्ठले श्रेष्ठको कृति माथि समिक्षा गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चुडामणी रेग्मी, प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाई, कवि जयप्रसाद आचार्य लगायतले शारिरिक अस्वस्थताका बीच पनि साहित्यकार श्रेष्ठले आफ्नो जीवनलाई पुस्तकमा उतार्न गरेको प्रयास प्रशंसा योग्य रहेको बताएका थिए ।

लेखक श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन साहित्यकार विनोद खनालले गर्नुभएको थियो ।