पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मायालु बिना बाँच्न नसक्ने भए श्री अन्तुका कमल  

रोमन आचार्य 

image

श्री अन्तुका युवा कमल अर्याल आफ्नी प्रेमिका भुलेर बाँच्न नसक्ने अवस्थामा पुग्नु भएको छ । उँहा आफ्नो प्राण भन्दा प्यारी मायालुलाई छाडेर कतै टाढा जादै हुनुहुन्छ । छाडेर जानैपर्ने अवस्था सृजना भएपछि अर्याल  आफ्नो मायालुलाई केहि कुरा भनि दिन आग्रह गर्दै हुनुहुन्छ । फर्केर आउन केहि समय लाग्ने भएकाले आफ्नी मायालुलाई आउने  दिन गन्दै बस्न अनुरोध पनि उँहाले गर्नु भएको छ ।


तपाई अचम्ममा पर्नु भयो होला ? शिक्षक अर्याल कँहा जादै हुनुहुन्छ ? कुन मायालुको कुरा गरिएको हो ? एक सन्तानका धनी अर्यालको सुखी परिवारमा कुन मायालुको कुरा आयो । तपाई सोच्न पनि सक्नु हुन्न उँहालाई यस्तो अवस्थाको सृजना  श्री अन्तुकै अर्का युवा ओमकार शर्माले गरिदिनु भयो ।


तपाई अझ चकित पर्नु भयो होला । एकै गाँउका बासिन्दा , सानै देखि सँगै हुर्केका ,सँगै पढेका अनि दुवै जना शिक्षण पेशामा आवद्ध कसरी यस्तो अवस्था आयो ?, तर यो अवस्था शर्मा र अर्यालले भर्खरै रेकडिङ्ग गर्नु भएको गितमा मात्र सृजना भएको हो । 


सुर्योदय नगरपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा ओमकार शर्मा र कमल अर्यालले भर्खरै रेकर्ड गर्नु भएको गितमा  यस्तो अवस्था सृजना भएको हो । ओमकार शर्माको शव्दमा रहेको ‘नफुटेनी बोली तिम्रो’ बोलको गितमा गायक कमल अर्यालले आफु टाढा जान लाग्दा आफ्नो मायालुलाई फर्केर आउने दिन गन्न लगाउदै आफु पनि मायालु बिना बाँच्न नसक्ने गित मार्फत बताउनु भएको हो । 


प्रेम अमर हुन्छ ,भौतीक रुपमा जति नै टाढा भएपनि भावनात्मक प्रेम कहिल्यै मर्दैन भन्ने सन्देश बोकेको उक्त गितमा आफुलाई माया गर्ने मानिसलाई छोडेर कतै जानु पर्दाको दर्दनाक अवस्थाको चित्रण गितमार्फत गर्न खोजीएको छ । शिशिर काफ्लेको सँगितमा सजिएको आधुनिक धारको गितमा विदेश जानुको पिडा र त्यसले सम्बन्धमा ल्याउन सक्ने दरारको बारेमा चित्रण गर्न खोजीएको झापा टाईम्ससँगको कुराकानीमा ओमकार शर्माले बताउनु भयो । 


विष्णु अधिकारीको एरेञ्जमा रहेको ६ मिनेटको गितमा विशेष अमर प्रेमको चित्रण गर्न खोजीएको गायक अर्यालले बताउनु भयो । गित ओप्पल रेकर्डिङ्ग स्टुडियो अनामनगर काठमाडौँमा रेकर्ड गरिएको हो । गितका शव्दकार शर्माका अनुसार निकट भविष्यमा यो गितको भिडियो बनाइने छ भने अन्य थप गित रेकर्ड गरेर एल्बमको तयारीमा लागेको पनि उँहाले जानकारी दिनु भयो ।  
 

थप सामाग्री