पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झमक घिमिरेलाई चलचित्रमा हेर्न पाईने

image

मेचीनगर ।।
प्रसिद्ध साहित्यकार झमक घिमिरेको जीवनमा आधारित रहेर निर्माण गरिएको चलचित्र “जीवन काँडा की फुल” हालै प्रदर्शनमा आएको छ । बिनोद बिष्टले निर्देशन गर्नु भएको चलचित्रको झमक घिमिरेको ३६ औं जन्मजयन्तीको दिन पारेर असार २१ गते काठमाण्डौमा प्रिमियर शो गरिएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्यकार झमक घिमिरेलाई जन्मदिनको केक खुवाएर उद्घाटन गरिएको जीवन काँडा की फुल चलचित्रले झमक भोग्नु भएको पीडालाई संसार सामु देखाउने चलचित्रका निर्माता उमेश सुवेदीले बताउनु भयो ।
दुई घण्टा १५ मिनेटको उक्त चलचित्रको धनकुटा स्थीत झमक घिमिरेको घर गाउँमा नै अधिकाशं छाँयान्कन गरिएको र केही छाँयान्कन भने धरान स्थीत बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र काठमाण्डौमा समेत गरिएको निर्माता सुवेदीले जानकारी दिनु भयो ।
करीब ६० लाख खर्चमा निर्माण गरिएकोे चलचित्र ब्यापार गर्ने भन्दा पनि अपाङ्गता भएर पनि झमक घिमिरेले गर्नु भएको योगदान संसारलाई देखाउन निर्माण गरिएको अर्का निर्माता बद्री क्षेत्री बताउनु हुन्छ । झमक घिमिरेको जीवन काँडा की फुल भन्ने पुस्तक पढेर पछि झमकले खप्नु भएको पीडाले मन छोए पछि त्यसलाई चलचित्रमा उतार्न सकियो भने झमक प्रति सम्मान हुने लागेर नै यो चलचित्र तयार गरिएको निर्माता उमेश सुवेदीले सुनाउनु भयो । चलचित्र निर्माणका लागि पहिलो पटक झमकको स्वीकृति लिन वहाँको घर पुगेर तपाईको बारेमा चलचित्र बनाउँछौं भन्दा झमक अत्यन्तै खुसी हुनु भएको स्मरण पनि निर्माता सुवेदीले झापा टाईम्ससंगको कुराकानीका क्रममा सुनाउनु भयो ।
चलचित्रमा झमक घिमिरेको वाल्य अवस्थाको भुमिकामा अवस्था प्रधान चलचित्रमा देखिनु भएको छ भने हालको अवस्थामाको अभिनय रोजीता बुद्धचार्यले गर्नु भएको छ । त्यस्तै मेनुका प्रधान, कृष्ण सुनुवार, उमा वेबी, स्वीकृति शर्मा, टिका सुवेदी र उमेश सुवेदी लगायतका कलाकरहरुले चलचित्रमा अभिनय गरेको कलाकार टिका सुवेदीले झापा टाईम्सलाई बताउनु भयो ।
चलचित्र चाँडै नै नेपाल र भारतका बिभिन्न ठाउँहरुमा त्यारिटी शो मार्फत आम सर्वसाधारणलाई देखाईने निर्माता उमेश सुवेदीले बताउनु भयो ।
२७ असार २०७४ ।।

थप सामाग्री