पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पानीमा गरिने खेती प्रबिधि

image

माटो बिना पानीमा गरिने खेति लाई Hydroponics प्रबिधि भनिन्छ जसको बिकास सन् १९२९ मा क्यालीफोर्निया बिश्वबिद्यालयमा अध्ययनरत  William Frederick Gericke ले बिकास गरे  िआधुनिक कृषि प्रणालीको बिशेष उपलब्धि मान्न सकिन्छ यो प्रबिधिलाई  िविभिन्न बिकसित देशहरुमा यो प्रविधिको प्रयोग धेरै भएको पाइन्छ 
Hydroponics  प्रबिधि बिशेष गरि तरकारी उत्पादन गर्न बढी प्रयोग गरिन्छ  ियो प्रविधिले उत्पादित तरकारी छिटो बढ्ने र रोग किराको सङ्क्रमण पनि कम हुने हुन्छ पाते साग , टमाटर , खुर्सानी , गोबी , आदि लगायतका तरकारी उत्पादन गर्न यो प्रविधिको बढि प्रयोग भएको छ 
बिरुवालाई बढ्नका लागि माटोको सट्टा बढ्ने माध्यमका रुपमा प्रयोग गरिने चिजहरु :
१। नरिवलको Cocopit,
२। धानको बिया
३। Granite, Vermiculite , Perlite , आदि ढुंगालाई १६०० °C तापक्रममा तताएर कपासको फर्म जस्तो आकार दिने
४। भेडाको उन
लगायतका विभिन्न बस्तुहरु जसले बिरुवा बढ्ने माध्यमका रुपमा बिरुवाको बिकासको लागि यस प्रविधिमा प्रयोग गरिन्छ  यी बस्तुहरुले बिरुवालाई आवस्यक पोशाक तत्व भने उपलब्ध गराउदैनन  यस प्रविधिमा बिरुवालाइ आवश्यक सम्पूर्ण पोशक तत्व पानीको बहाब संगै उपलब्ध गराउने गरिन्छ 
Hydroponics प्रविधिमा पानीको नोक्सान पनि कम हुन्छ  प्रयोग भइसकेको पानीलाई पुन चक्रीय तवरले पुन प्रयोग गरिन्छ  बिरुवालाई आवश्यक पोशक तत्व ट्यांकीमा जम्मा भएको पानीमा आवस्यक अनुरुप राखिन्छ र यी तत्व पानी संगै प्रवाह हुने गर्दछ  सुरुवातमा बढी खर्च लागेपनि यो प्रविधिलाई लामो समय सम्म प्रयोग गर्न सकिने भएकाले ब्यबसायीक रुपमा हेर्दा पनि महत्वपुर्ण कृषि प्रबिधि मान्न सकिन्छ 
Hydroponics  प्रबिधि आजको बढ्दो कृषि बस्तुको माग परिपूर्ति गर्नको लागि अपरिहार्य जस्तो बनिसकेको छ आधुनिक कृषि प्रविधिको एक फरक कृषि बिकास जसको प्रयोग सहरी कृषि फार्म जहा कम जग्गा छ र छिटो बजारको माग पनि अधिक छ तेस्तो स्थानमा अझ प्रभावकारी हुनेछ  मलिलो माटोको अभाब , धेरै रोगको संक्रमण भएको माटोमा पनि यो प्रबिधि प्रयोग गर्न सकिन्छ 

नेपालमा  Hydroponics Technology अनुसन्धानका लागि प्रयोग भएको र अझै बिस्तारित एबम ब्यबसायीक रुपमा अगाडी बढ्न सकेको छैन  यो प्रबिधि नेपालमा ब्यबसायीक रुपमा अगाडी बढाउन सकियो भने नेपाली कृषि प्रविधिले पनि फड्को मार्न सक्नेछ  यो खेति प्रबिधि बढ्दो सहरीकरण संगै जनसंख्या बृदिको को माग परिपूर्ति गर्नलाइ एउटा कोसे ढुंगा पनि साबित हुनेछ 

थप सामाग्री