पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

घरको छतमा कागती बगान

image

घरको छतको कागतीको बोट नियाल्दै उप्रेती ।

काँकरभिट्टा, साउन १ ।। झापा जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने अभियानका अगुवा रामचन्द्र उप्रेतीले आफ्नो घरको छतमा कागती बगान नै लगाएका छन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का अध्यक्ष उप्रेतीले एनएमसी कागती अभियानका रुपमा जिल्लाका विभिन्न ठाउँमा कागतीको बिरुवा वितरण गरेर कागती फलाउने अभियान सञ्चालन गरेका छन् । हरेक बिहानी घरको छतमा भएका कागतीको बिरुवाको स्याहार सुसारबाट दैनिकी सुरु हुने गरेको उप्रेती बताउँछन् ।

उप्रेतीको काकरभिट्टा स्थीत घरको छतमा १६ वटा कागतीका बोट छन् । त्यसमध्ये अधिकांश फल्न थालेका छन् । एनएमसीबाट जिल्लामा करीब ३ हजार जनालाई ३० हजार कागतीको बिरुवा वितरण गरिसकिएको र त्यसमध्ये ४२ जनाले व्यावसायिक कागती खेती सुरु गरेको उप्रेतीले जानकारी दिए ।