पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

के आर फाउण्डेशनले काटिएको हात लगाईदियोे

image

सुर्यबहादुर प्रधान ।

मेचीनगर, असार ३० ।।
मेचीनगरको केशबराज भण्डारी फाउण्डेशनले स्थानीय अपाङता भएका एक ब्यक्तिलाई कृतिम अङ्ग लगाईदिएको छ ।
मेचीनगर–९ का ८२ बर्षिय सुर्य बहादुर प्रधानको देब्रे हात थिएन । जसका कारण उनलाई असहज भईरहेको थियो । अर्थिक अभावका कारण प्रधान परिवारले उनलाई कृतिम हात लगाउन सकिरहेको थिएन । प्रधानको अवस्थालाई देखेर धुलाबारीमा रहेको के आर फाउण्डेशनले प्रधानलाई कृतिम हात लगाईदिएको फाउण्डेशनका अध्यक्ष सबिता भेटवालले बताईन ।
महाबिर सेवा सदन नामक संस्थाको प्राविधिक सहयोगमा के आर फाउण्डेशनले प्रधानलाई कृतिम हात लगाउन सफल भएको फाउण्डेशनका सदस्य अनिल भेटवालले जानकारी दिए ।
कृतिम हात लगाए पछि दैनिकी चलाउन सजिलो भएको सुर्यबहादुर प्रधानले बताए ।
मेचीनगर–९ स्थीत झोडामा स्थाई बसोबास गर्ने प्रधानको १८ बर्ष अघि स्थानीय धान कुटाउने मिलको फित्ताले हात काटेको थियो ।

 

थप सामाग्री